९० वर्षको उमेरमा पनि भगवान कृष्ण कसरी देखिए जवान, यसो भन्छ धर्मशास्त्र

पुस ४, २०७४

भगवान कृष्णले कर्मयोग र ज्ञानयोग वारेको ज्ञानलाई महत्वका साथ लिइने गरिएको छ । 

कृष्ण भगवानका विभिन्न रुप देख्नु भएको होला तर के तपाईले कहिल्यै कृष्णको बृद्धाअवस्थाको फोटो देख्नु भएका छ ?
 

सायद तपाईले भगवान कृष्णका कुनै पनि चित्र तथा मूर्तिहरु देख्नुभएको छैन, जसमा उनी बुढा देखिएका होउन् । 

पक्कै पनि तपाईले कहिल्यै देख्नुभएको छैन । किनकी भगवान कृष्ण कहिल्यै बृद्ध भएनन् । भगवान कृष्णको जीवन कैयौं रहस्यले भरिएको मानिन्छ । यो आलेखमा उनका जीवनका कयौं रहस्यमध्येको एक रहस्यको बारे उल्लेख गरिएको छ । त्यो उनको उमेर ।

भगवान कृष्ण जब महाभारतको कुरुक्षेत्रमा अर्जुनलाई गीताज्ञान दिइरहेका थिए तब उनको उमेर ९० वर्ष पुगेको थियो । 

महाभारतको युद्धका बेला भगवान कृष्ण हजुरबा बनिसकेका थिए । तर पनि युद्धका दौरान उनी जवान देखिन्थे । 

आद्य पूराण पुरुष नव यौवनः, ब्रह्म संहिताको श्लोकमा कृष्णको उमेरबारे वर्णन गरिएको छ । जसअनुसार कृष्णको छवि उनका भक्तजनहरुमा सधैं नौजवान कै रह्यो । र सधैं रहने छ । 

सर्वाधिक आकर्षक 

कृष्णलाई परम पुरुषोत्तम भगवान मानिन्छ । किनकी उनी सर्वाकर्षक हुन् । हाम्रो अनुभव अनुसार यो देख्छौं कि कुनै पनि व्यक्ति सम्पत्ति, शक्ति, यश, सौन्दर्य, ज्ञान तथा त्यागका कारण आकर्षक बन्छ । 

जोसुकैसँग यी ६ ऐश्वर्य एकसाथ असीम मात्रामा हुन्छ, यो सम्झनु पर्यो कि त्यो परम पुरुषोत्तम भगवान हो । 

विष्णु पुराणका श्लोकमा यी ६ ऐश्वर्यबारे महान वेदाचार्य पराशर मुनिले विस्तारमा वर्णन गरेका छन् । जसअनुसार हामी यो सम्झिन सक्छौं कि श्रीकृष्ण केवल एक असाधारण ऐतिहासिक व्यक्ति मात्रै हैन, अपितु साक्षात् परम पुरुषोत्तम भगवान हुन् ।


ADVERTISEMENT

पुस ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस