‘लम्फू’को प्रदर्शन मिति तोकियो

पुस ५, २०७४

काठमाडौं, ५ पुस– गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ फिल्मले प्रदर्शज मिति तोकेको छ । निर्माता शक्तिबल्दभ घोरासैनीका अनुसार लम्फू ०७५ वैशाख २८ गते हलमा आउनेछ । 

सुटिङमै लामो समय खर्चिएको लम्फूबाट नवअभिनेता कविर खड्काले डेव्यु गर्दै छन् । फिल्ममा उनका साथमा मरिश्मा पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, तरकारीवालीको उपनामले परिचित कुसुम श्रेष्ठलगायतले अभिनय गरेका छन् । 


ADVERTISEMENT

युवाको सोच, शैली, लक्ष्य र जीवनका आरोह–अवरोहको विषयमा निर्माण गरिएको फिल्म दीपक बज्राचार्यले खिचेका हुन्, नयाँ पत्रिकामा खबर छ ।
 

पुस ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस