कात्तिक १३, २०८०
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
काठमाडौंका लागि अति सहज मानिने मैतिदेवीको बसाई उसका लागि भने अली असहज बनिरहेको थियो । ऊ बिहान महाराजगञ्जमा काम गथ्र्र्योें, अनि अपरान्हदेखि झण्डै रातिको दश बजेसम्म नै बागबजारमा काम गर्नुपथ्र्यो । रातिको समय ऊ एउटा छापाखानामा काम गथ्र्यो रे । काठमाडौंको मैतिदेबीमा मैले बस्ने घरकै तल्लो तल्लामा बस्थ्यो ऊ ।
शनिबारको दिन म बिहानै डेराबाट निस्के । पुषको चीसोले कठ्याङ्ग्रिएको काठमाडौं, निकै चीसो थियो । मैतिदेबी देखि पुतलीसडक हुँदै बागबजारसम्मैको पैदलयात्रामा थिए म ।
बागबजार कृषि विकास बैंक छिर्ने बाटो छेवैमा पुग्दा अनौठो दृष्य देखें । एउटी २०/२२ वर्षकी जस्ती देखिने पातलो कम्मर भएकी एक युवती बिजुली पोल समातेर जोडले विदुर विदुर भन्दै नाम लिएर चिच्याइरहेकी थिई । एक छिन अचम्म परेर उभिरहें ।
बिहानै यो चिसो समयमा कुन विदुरको खाँचो परेछ, मलाई जान्न ईच्छा भयो । ऊ चिच्याइ नै रहेकी थिई । त्यतिबेलै छेवैको एक गल्लीबाट परिचित अनुहार देखियो । मैले चिनेको अनुहार नै पनि ठम्याउन सकिन । तर त्यो मान्छे ती युवतीतिरै आइरहेको थियो । म पनि सडक पारी गए । नजिकै पुग्दा त्यो परिचित अनुहार मेरै घरमा बस्ने युवकको थियो, तर उसको नाम विदुर हो भन्ने मलाई थाहा थिएन । ऊ सरासरका ती केटीको छेउमा पुग्यो र जोडले आफ्ना दुबै हात बजायो । म अचिम्मित भएर हेरिरहें, सायद विदुरले त्यतिबेलासम्म म भएको ख्याल गरेको थिएन क्यारे ।
ती युवती पड्किहालिन्, ‘मलाई त्यही १५ हजारको गाउन चाहिन्छ ।’
अहो ! कस्तो अचम्म केही ठूलै गल्ती गरेछ कि विदुर भनेको त १५ हजारको गाउनका लागि पो त्यत्रो जात्रा रहेछ । उसको जोड जोड चिच्याहटले त्यहाँ १०÷१५ जनाको भिड लागिसकेको थियो । विदुरको अनुहारमा लाज, डर र रिसले एकैचोटी देखिएको थियो ।
यत्तिकैमा उसले ‘ल हिड्’ भन्दै हात तानेर लग्यो, भिड पनि तिरिबितर भयो । त्यतिबेलै एकजना अर्की युवती त्यही पोलनेर आइपुगी र सोधी, ‘दिदी, के भएको रहेछ ?’
मैले भने, ‘खै केही बुझिन मैले पनि’
उनले लगत्तै जवाफ दिईन्, ‘यिनीहरुलई मैले चिनेको छु साथी हुन् ।’
मेरो मनले हतार गरिसकेको थियो, उनिहरुको सम्बन्धको बारेमा जान्न ।
तर मैले सामान्य जवाफ दिए, ‘ए....’
लगत्तै उसले एउटा अफर गरी, ‘फुर्सद छ भने चिया पिउँ न’
जाडोको समय बिहानको यात्रामा खास बेफुर्सद पनि थिएन, त्यसैमाथि विदुरबारे जान्न मन लागेको थियो, मैले ‘हुन्छ’ भनिदिएं । छेकै तन्दुरी भोजनालयमा गएर कालो चियाको अर्डर दियौं ।
मैले नै सुरु गरें, ‘उनिहरुलाई कसरी चिन्नुभएको ?’
उसको उत्तर थियो, केटी मेरो कलेजकै साथी हो, केटो उसको व्याइफ्रेण्ड, तर, आजको झगडाबारे थाहा छैन’
‘ए’ मेरो मन खिन्न भयो, यत्ति त मैले अघि नै बुझिसकेको थिएं, के काम भो र ।
एक छिनमा उसले हात दिँदै आग्रह गरी, ‘परिचय गरौं न... मेरो नाम सन्ध्या’
मेरो उत्तर, ‘म मधु’
उसले सुरु गरी, ‘मधु जी, यो केटीको जीवन देख्दा नि उदेक लाग्छ..., ऊ धनीको छोरी हो, अनि धनीको श्रीमती पनि तर उसले सबैसँग पैसाको लागि झगडा गर्दै हिड्छे ।’
म छक्क परे, फ्याट्टै सोधें, ‘उसको श्रीमान पनि छ ?’
‘छ नि किन नहुनु, उसलाई साह्रै सम्मान गर्छ’
‘यसरी झगडा परेको उसले थाहा पाउँदैन ?’
‘मधु जी यो केटी नै यस्तै हो’ यत्ति भन्दै उ अलीकति मुस्कुराई र भनी, ‘उसको एउटा आफ्नै सिद्दान्त छ सुन्नुहुन्छ ?’
‘हुन्छ सुनौं न’
‘जीवन महाउत्सव हो, महोत्सवमा कयौं कलाकारले गीत गाए पनि हिट नभएझैं मेरो जीवनका यी चार कलाकारमध्ये एक जना हीट हुनेछ, त्यसैलाई म अँगाल्नेछु ।’
उसले लगत्तै भनी, ‘यो कुरा पटकपटक भनिरहन्छे..’
‘उसको श्रीमानलाई नि ?’
‘उसको प्रेमी, ब्याईफ्रेण्ड, नजिकको साथी र जीवन साथी छुट्टाछुट्टै छन्, उ सबैलाई यसरी घुक्र्याउँछे, पैसा माग्छे, सामान किन्न लाउँछे र मोज गर्छे, श्रीमानलाई पनि यस्तै... विदुरको त उसको व्वाईफ्रेण्ड हो ।’
म अचम्मित भएं, कस्तो परिवर्तन भइसकेछ समाज, कतिपय केटाहरुले गर्ने काम ऊ आफै गर्दिरहिछ, बिकृतिसँगैको परिवर्तन पनि हो नि, आफैले चित्त बुझाए ।
उसको बोलीले झस्के, ‘उनिहरुको सँगत गरे त तपाई सोच्दासोच्दै हैरान पर्नुहुन्छ होला ।’
मैले हाँसेर टारिदिएं ।
एकछिनपछि मैले नै सोधे, ‘विदुर कस्तो छ ?’
‘ऊ त निकै लगनशील केटो हो, उसलाई निकै माया गर्छ, उसकी पे्रमिका पो उ त ! हप्ताको एक दिन भेट्यो यी यस्तै तनाव, विचरा !’
ऊ चिन्तित जस्तै देखिई, एकैछिन मौन बसेर भनी, ‘हुन पनि जीवन मस्तीमै चलाउनुपर्ने रहेछ, त्यसको जीवनशैली हेर्नुस् न, हप्तामा महंगा लुगा किन्छे, आफ्नो जीवनमा चार जनालाई प्रयोग गरेकी छे ।’
मलाई पनि लाग्यो, पुरुषप्रधान भनिएको हाम्रो समाजमा अचेल नारी अधिकारका कुरा अत्यधिक गरिन्छन्, हो, त्यहि अधिकार शब्दको परिभाषा स्पष्ट नभई मानिसहरु यस्तो बिकृति गरिरहेका छन् । तर, जीवन त एक महाउत्सव हो नि जसलाई जसरी मज्जा लाग्छ त्यसरी जिउने हो ।
‘मधु जी !’ म झस्याङ्ग भए र भनें ‘हजुर’
‘तपाई विदुरलाई चिन्नुहुन्छ ?’
‘ए म बस्ने घरमै बस्छ तर चिनजान थिएन ।’
यत्तिकैमा चिया आयो । चिया पिउदा खासै बोलचाल भएन ।
चिया पिइसकेपछि उसले मेरो नम्बर मागी, मैले पनि दिए र उसको पनि मागें ।
चिया पसलबाट हामी बाहिर निस्कदा विदुर बाटो छेउमा उभिरहेको थियो ।
मलाई देखेर झस्याङ्ग भयो, सायद सन्ध्यालाई देखेर हो कि ! मेरो मनमा कताकता नरमाइलो लाग्यो तर मैले नजानेझैं भनें, ‘तपाई यता ?’
विदुरको सिधा उत्तर थियो, ‘दिदी मैले आजदेखि कोठा छोडे, सायद यो हाम्रो अन्तिम भेट होला ।’
मनमा सयौं प्रश्नको ओइरो लाग्यो तर विदुरलाई केही नसोधी एउटै कुरा भने, ‘कहिलेकाहीं आउनु नि !’
‘हुन्छ समयले अह्राएसी पक्का आउनेछु ।’
यत्ति भन्दै विदुर सरासर रत्नपार्कतिर हान्नियो ।
नयाँ बनेकी साथी सन्ध्यासँग म पनि छुट्टिए ।
यो प्रविधिको जमानामा अब महिला र पुरुषले आफ्नो प्रयोगका लागि मात्रै एक अर्कालाई प्रयोग गर्नेछन् अनि डरलाग्दो गरी मानवीय समवेदना पनि हराउनेछ, यही उदाहरण विदुर र उसकी पे्रमिकाको सम्बन्ध पनि होला हगि !
म त्यतै अल्मिलिएं ।
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...