मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
काठमाडौं, ९ पुस– ललितपुरको बी एण्ड बी अस्पतालको ४११ नम्बरको कोठाको झ्यालतर्फको शैय्यामा सुतिरहेका थिए ४५ वर्षिया राजेन्द्र बहादुर धिताल । उनकी पत्नी समिरा पनि उनकै छेउमा थिइन् । शैय्यामा सुतिरहेका धितालको आँखा रसिला र राता देखिन्थे । उनकै छेउमा रहेकी उनकी पत्नी पनि मलिन अनुहारमा थिइन् ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नंबर ६ का धिताल गत मंसिर २० गते ट्याक्टर दुर्घटनामा परेर घाइते भएका हुन् । ट्याक्टर जोत्ने क्रममा लडेर धितालको खुट्टामा ठूलो घाउ लाग्यो । जसका कारण उनको खुट्टा नै काट्नु पर्यो ।
‘त्यो दिन म घर नजिकै बारीमा ट्याक्टर जोत्दै थिए । ट्याक्टर पछाडी लैजाने क्रममा म चिप्लिएर लडे । चलिरहेको ट्याक्टरको फालीले मेरो खुट्टालाई छेड्यो,’ धितालले २० गतेको घटना सम्झँदै लोकान्तरलाई भने, ‘म सँगै नाती थियो । उसलाई ट्याक्टरको स्टार्ट बन्द गर्न लगाएर मसँग भएको फोन दिए । उसले नै घरमा बुढीलाई फोन गर्दियो । सबै गाउँलेहरु जम्मा भएर मलाई हेलिकप्टरमा यहाँ ल्याए ।’
ट्याक्टरले च्यापेर घाईते भएपछि गाउँलेहरुले मिलेर हेलिकप्टर मार्फत काठमाडौं लाएको उनकी पत्नी समिराले बताइन् । गाउँलेहरुले पैसा उठाएर १ लाख ४४ हजारमा हेलिकप्टरमार्फन धिताललाई अस्पताल ल्याइएको थियो ।
‘उहाँलाई देख्दा म निकै आत्तिएको थिए । उहाँको अवस्था निकै डरलाग्दो थियो । गाउँलेहरुले समयमै हेलिकप्टर मार्फत अस्पतालमा ल्याइदिए । समयमै नआइपुगेको भए तर ज्यानै पनि जान्थ्यो होला,’ पत्नी समिराले सुनाइन् ।
जोत्ने क्रममा ट्याक्टरको फाली खुट्टामा परेपछि उनको देब्रे खुट्टा नै काट्नुपर्यो ।
उनी विगत एक महिनादेखि अस्पतालमा उपचारत छन् । अस्पतालमा अझै कति समय बस्नुपर्छ र काटिएको खुट्टाको घाउ कहिले निको हुन्छ भन्ने पनि उनलाई थाहा छैन । विगत एक महिनादेखि अस्पतालमा ७ लाख भन्दा बढी खर्च भइसकेको उनकी पत्नी समिराले लोकान्तरलाई बताइन् ।
‘अस्पतालको वेडको मात्रै एक दिनको दुई हजार तिर्नुपर्छ । औषधि पनि उस्तै महंगो छ । अहिलेसम्म आफन्त र गाउँलेहरुले दिएको सहयोग र ऋणको पैसा अस्पतालमा बुझाउँदै आएको छु । आफन्त र छरछिमेकसंग अहिलेसम्म त सहयोग गरेका छन्,’ समिराले भनिन् ‘कहिले निको हुन्छ भन्ने पनि थाहा छैन । अझै कति खर्च लाग्छ अस्पतालले केही भनेको छैन । कसरी उपचार खर्च जुटाउने केही थाहा छैन ।’
धिताल परिवारको आर्थिक अवस्था कमजोर भएकोले सिनाराचोक गाउँपालिका र जिल्ला जन स्वास्थ्य कार्यलयले निशुल्क उपचार गरीदिन आग्रह गर्दै सिफारिस पत्र पठाएको छ । तर निजी अस्पतालमा उपचार गराउँदै आएका धितालले अस्पतालबाट सहुतियत भने नपाएको बताए ।
‘खेतीपाती गरेर जीविका चलाउँदै आएका छौं । बुढाको अहिलेसम्मको उपचार खर्च आफन्तको सहयोग र ऋणबाट तिरेको छु,’ धितालकी पत्नीले भनीन्, ‘आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा सहुलिएत हुन्छ कि भनेर गाउँपालिका र जनस्वास्थ्य कार्यलयबाट सिफारीस त ल्याए । अस्पतालले प्राइभेट हो निशुल्क गर्न मिल्दैन भन्यो ।’
सुरुमा हतार हतारमा बी एण्ड बी मा भर्ना भएका धिताल अस्पतालको महंगो खर्च कसरी तिर्ने भनेर समस्यामा छन् । ‘शुरुमा यहिँ ल्याइयो । यहि उपचार गराइरहेको छ । बीचमै अन्त उपचार गर्न लान पनि मिलेन । उहाँको उपचार खर्च निकै महंगो छ,’ समिराले सुनाइन् ।
ट्याक्टर अनुदानमा पाउँदाको खुसी ६ महिना पनि टिकेन
गाउँमा खेतीकिसानी गरेर जीविका चलाउँदै आएका धितालले एक गैर सरकारी संस्थाबाट अनुदानमा हाते ट्याक्टर पाए । बाउबाजेकै पालादेखि गोरुले खेतबारी जोत्दै आएका धिताल अनुदानमा ट्याक्टर पाउँदा निकै खुसी भएका थिए । खेतीपातीको सिजनमा धितालले ट्याक्टरले खेत जोतेर दैनिक १५ सय रुपैयाँसम्म कमाउँथे । विगत ६ महिनादेखि ट्याक्टरले जोत्न थालेको उनको दैनिकि सहज बन्दै गएको थियो ।
ट्याक्टरले जोतेको कमाइबाट घरखर्च चलाउँदै आएका उनले केही पैसा बचाएर भूकम्पले भत्किएको घर बनाउने सोच बनाएका थिए । वृद्ध बाबुआमा र पत्नीलाई दुई वर्षदेखि अस्थायी टहरामै राखेका धिमालको सपना नयाँ घर बनाएर जहान र वृद्ध अवस्थाका आमाबुबालाई खुसीसँग पाल्ने थियो ।
सरकारले भूकम्प पिडितलाई दिएको पहिलो किस्ताको ५० हजार अनुदान र आफुसंग भएको केही रकमले उनले घरको जग हालिसकेका थिए । तर घर बनाउने सपना नहुँदै उनी अपाङ्ग भएका छन् ।
ट्याक्टरले जोतेरै घर बनाउने र खुसीसंग परिवार पाल्ने सपना बुनेका धिताललाई त्यही ट्याक्टरले अस्पतालको शैय्यामा पुर्यादियो ।
‘ट्याक्टरले जोत्दा एक घण्टाको दुई सय रुपैयाँ आउँथ्यो । गोरुले जोत्दा भन्दा ट्याक्टरले जोत्नु फाइदा हुन्थ्यो,’ आँखाबाट आँसु झार्दै धितालले भने, ‘जोतेर कमाएको पैसा र अनुदानले घर बनाउँला भनेर जग पनि हालिसकेको थिए । तर अब आफैं अस्पतालको शैयामा छु ।'
छेउमै रहेकी समिरा पतिलाई सम्झाउन खोज्छिन्, ‘ज्यान बचेको छ । निको भएपछि विस्तारै बनाउँला घर त ।’ यति भन्दा समिराले आफ्नै आँखाका आँसु भने थाम्न सकिनन् ।
धिमाल दम्पती अस्पतालले केही सहुलिय गरिदेला भन्ने आशमा छ । सँगै मनकारी व्यक्तिले आफूहरुको पीडा बुझेर सहयोग गर्लान् भन्ने पनि उनीहरुको आशा छ ।
सहयोग गर्न चाहने मनकारी व्यक्तिले घाइते राजेन्द्र बहादुर धितालको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ३०६००३५५१२१० मा आफूले सक्ने सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै भेटेरै सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले घाइते धितालकी पत्नी समिराको मोबाइल नम्बर ९८४६१८८९५८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...