×

NMB BANK
NIC ASIA

सात बर्षपछि नेपाल औषधी लिमिटेडले माघदेखि सिटामोल लगायत चक्की औषधी उत्पादन गर्ने

पुस १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० पुस– सरकारी स्वामित्वमा रहेको नेपाल औषधी लिमिटेडले माघबाट सिटामोल लागायतका चक्की औषधी उत्पादन गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उद्योगको औषधी उत्पादन हुने कारखाना विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार जिएमपी मोडलमा बनेसंगै  उद्योगले माघको पहिलो साताबाट चक्की औषधी पुनः उत्पादन गर्ने भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वासथ्य संगठनका अनुसार औषधी उत्पादन गर्ने कक्ष र उपकरणलाई किटाणुरहित तथा हावा छिर्न नसक्ने अवस्थाको बनाउनु पर्ने हुन्छ । उक्त अवस्थालाई जिएमपी मोडल अर्थात असल उत्पादन प्रकृया भनिन्छ  । 


Advertisment
Nabil box
Kumari

विगत ७ वर्ष अघिदेखी बन्द रहेको चक्की औषधी जिएमपी मोडलको कारखानामा उत्पादन हुने भएको छ । सरकारले  जिएमपी मोडलमा कारखाना क्षेत्र निमार्ण गर्ने नियर्ण गरी  साढे १५ करोड रकम छुट्याएपछि नेपाल औषधी लिमिटेडको औषधी उत्पादनको कारखाना क्षेत्र निमार्ण भएको छ ।

Vianet communication
Laxmi Bank

सरकारले पहिलो चरणमा ६ करोड ४८ लाख रकम विनियोजन गरेपछि औषधी उद्योगले पुर्नजीवन पाउन लागेको हो । लिमिटेडले सातमहिना अघि टेन्डर आह्वान गरी असोजबाट चक्की औषधी उत्पादन गर्ने कारखाना निर्माणको काम शुरु भएको लिमिटेडका प्रशासन महाशाखा प्रमुख ज्ञान राइमाझीले लोकान्तरलाई बताए ।

‘चक्की औषधी उत्पादनको लागि जिएमपी मोडलमा निमार्ण भएको कारखानाको निमार्ण कार्य ९० प्रतिशन सम्पन्न भइसकेको छ । अबको १५ दिनमा निमार्ण कार्य सम्पन्न हुन्छ ।’ उनले लोकान्तरसँग भने, ‘कारखाना निर्माण कार्य सम्पन्न भएपछि हामी पहिलो चरणमा उद्योगको बाण्डको रुपमा चिनिएको सिटामोल,आइरन चक्की, जुकाको औषधी लागायत २० प्रकारका चक्की औषधीहरु उत्पादन गछौं ।’

विश्व स्वास्थ्य संगठनले जिएमपी मोडको अवधारणा ल्याएपनि तत्कालिन समयमा औषधी उत्पादन हुने कारखाना जिएमपी मोडलमा निमार्ण गर्ने पुँजी अभावको कारण सात वर्ष अघि उद्योग नै बन्द भएको थियो । 

२०२९ सालमा सरकारी स्वामित्वमा संचालनमा आएको उद्योग जिएमपी मोडलमा जान नसक्दा २०६७ सालमा बन्द भएको थियो । लिमिटेडले जीवनजल भने एकवर्ष अघिबाटै उत्पादन गर्दै आएको छ । 
*फाइल फोटो, लिमिटेडको निरिक्षण गर्दै पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशी 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x