×

NMB BANK
NIC ASIA

कलंकीमा यसरी बन्दैछ नेपालकै पहिलो ‘अण्डरपास’ सडक (फोटो फिचर)

पुस १२, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १२ पुस– धुलाम्य छ वातावरण । मानिसहरू यताउता गरिरहेकै छन् । पैदल यात्रीलाई सडक पार गर्न मुश्किल पर्छ । 

Sagarmatha Cement
Muktinath Bank

सडक बीचमा रहेका दुई/तीनजना ट्राफिक प्रहरी सवारीसाधन पास गराउन ब्यस्त छन् । ट्राफिकको ‘ग्रीन सिंगनल’ पाउनेवित्तिकै गाडीहरु जोडले कुदिहाल्छन्, सडक पास गर्न । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


Advertisment
Nabil box
Kumari

लगातार धूलो उडिरहने सडकको बीचमा हिलो पनि देखिन्छ । मास्क लगाएरै भएपनि सडक छेउमा व्यापार गर्नेहरु ग्राहक कुरिरहेका देखिन्छन् । यो दृश्य हो काठमाडौंको कलंकी चोकको । जहाँ नेपालकै पहिलो अण्डरपाससहितको सडक बनाउने काम भइरहेको छ । 

Vianet communication
Laxmi Bank

काठमाडौं छिर्ने मुख्य नाकाको रुपमा रहेको कलंकीमा अहिले धमाधक अण्डरपास बनाउने काम चलिरहेको छ । विनाअवरोध काम भए अवको एक वर्षभित्रमा कलंकी काठमाडौंको पहिचान बन्ने निश्चित छ । 

चिनियाँ कम्पनी ‘द थर्ड रेल्वे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरेसन’को डिजाइनअनुसार कलंकीमा नेपालकै पहिलो ०.८५ किमीको ‘अन्डर वे पास’ अथवा ‘सब टनेल’ बनिरहेको छ  । यो अन्डर वे बनेपछि बल्खुबाट स्वयम्भु जाने गाडी ‘अन्डर वे’ बाट जाने छन् भने थानकोटबाट काठमाडाैं भित्रिने गाडी ‘अन्डर वे’ माथिबाट गुड्ने छन् । आठ लेनको प्रमुख सडकमा साइकल ट्रयाक, फुटपाथ, सडकको दुवैपट्टी पब्लिक बस स्टप पनि रहनेछ ।

अन्डरपास निर्माणका लागि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले २४ सै घन्टा काम गरिरहेको छ । सांघाईले अन्डरपासको निर्माण सन् २०१८ को जुलाई अगावै सक्ने लक्ष्य लिएको छ । कुल ८ सय मिटर लामो अन्डरपासमध्ये अहिले बल्खुतिरको भागको काम द्रुत गतिमा अघि बढाएको छ । 

कलंकी चोकदेखि बल्खुतिर ४ सय मिटर र सितापाइलातिर ४ सय मिटर गरी अन्डरपास कुल ८ सय मिटरको हुने छ । 

थप तस्बिरहरु,

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x