शेयर बजारको ओरालो यात्रा, बुधबार २१.५१ अंकले घट्यो नेप्से

काठमाडौं, १२ पुस– लगातार ओरालो लागिरहेको शेयर बजार बुधवार पनि दोहरो अंकले घटेर १४२५.५१ विन्दुमा पुगेको छ । बुधवार शेयर बजार परिसूचक नेप्से २१.५३ अंकले घट्यो । यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३००.१३ विन्दुमा पुग्यो । 

बुधवार १ सय ५६ कम्पनीको १३ लाख ६८ हजार कित्ता शेयर किनबेच भएको शेयर बजारमा ७६ करोड ५७ लाख ६९ हजार रुपैयाँ बढीको कारोबार भयो । बुधवार उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.५२ अंकले बढ्नुबाहेक अन्य सबै समूहको परिसूचक घटेको छ । 

सबैभन्दा बढी बीमा समूहको परिसूचक १३६.९१ अंकले घट्यो । यस्तै विकास बैंक समूहको परिसूचक २४.६९ र जलविद्युत समूहको परिसूचक २४.२९ अंकले घट्यो । 

यस्तै बैंकिङ समूहको परिसूचक १७.७६, होटेल ५.६, विकास बैंक २४.६९, फाइनान्स (वित्त) ४.३६, अन्य २०.५३ र माइक्रोफाइनान्स समूहको परिसूचक ३२.७२ अंकले ।

बुधवार सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको १० करोड ९९ लाख बराबरको सेयर किनबेच भयो । 

पुस १२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस