×

NMB BANK
NIC ASIA

विचार

ठूलो दल बन्दैमा बलमिच्याइँ गर्न पाइन्छ ?

पुस १३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मुलुकमा लोकतान्त्रिक गणतन्त्र बहाल भएको १२ वर्ष भइसकेको छ । केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि मुलुकले संघीय शासन प्रणालीतर्फ आफ्नो पाइला अघि बढाएको छ । आफ्नो जीवन सफल हुने अपेक्षामा  नेपाली जनता यो परिवर्तनको पक्षमा  खडा भएका हुन् । किन्तु जनसरोकार प्रति उदासीन राजनीतिक नेतृत्व वर्गको निहित स्वार्थका कारण परिवर्तन आम जनसमुदायका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात’ झैं हुँदै आएको छ ।

Muktinath Bank

 सत्ताका लागि हुने हानथापबाट वाक्कदिक्क भएका नेपाली जनताले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  वामगठबन्धनलाई आफ्नो अत्यधिक समर्थन प्रदान गरेर स्थिर सरकार निर्माणलाई सुनिश्चित गरेका छन् ।  नेपाली जनताको यो निर्णयमा गतिशील आर्थिक विकास राष्ट्रि सम्बृद्धिको अपेक्षा निहित रहेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाम्रो मुलुकमा निहित व्यक्तिगत र दलगत स्वार्थबाट निर्देशित दल र नेताहरुको बाहुल्यता छ । सिंगो मुलुक र समष्टि जनताको स्वार्थलाई दाउमा राखेर व्यक्तिगत र दलगत पोषण गर्न खोजिन्छ ।  देश चलाउने राजनीतिक दलहरुले र राजनीति चलाउने नेताहरुले हो ।   शिर्षपंक्तिकै नेताहरु आत्मकेन्द्रित छन् ।  उनीहरु स्वार्थबाट निर्देशित छन् । राष्ट्रिय विकास र आर्थिक सम्बृद्धिको यात्रा अगाडि बढाउन नेतृत्व वर्गमा दुरदृष्टि, उदारता, कल्पनाशीलता, इच्छाशक्ति निर्णय क्षमता नभइ हुँदैन ।  परन्तु हाम्रो नेतृत्व वर्ग यी पक्षबाट विमुख छन् । 


Advertisment
Nabil box
Kumari

आफू र आफ्नो पार्टीलाई सर्वेसर्बा ठान्ने नेतृत्वले राष्ट्रिय विकासको यात्रा अगाडि बढाउन किमार्थ सक्दैन ।   राजनीतिक नेतृत्वमा दूरदर्शिताको कमी छ ।  नेतृत्व वर्गले मुलुक र जनताको भविष्यलाई मध्य दृष्टिमा राखेर राजनीति अघि बढाउँदा विकास सम्भव छ ।  

Vianet communication
Laxmi Bank

संक्रमणकालको आडमा मुलुकमा बेथितिहरुको चाङ लागेको छ ।  मुलुकमा बेथिति बढाउन केही हदमा दलहरु स्वयंम जिम्मेवार छन् । दलहरुकै आडमा कतिपय बेथितिहरु झ्यांगिन पुगेका छन् ।   हर क्षेत्रमा संगठन बनाउने र जनसामान्य उपर व्यवसायको दादागिरी कायम हुँदै आएको छ ।  

व्यवसायिक संगठनहरुको हालिमुहालीले गर्दा जनताले अतिरिक्त सास्ती ब्यहोर्दै आइरहेका छन् । सरकार व्यवसायीको अनुकूल हुने गरी लालायित देखिन्छ ।  सार्वजनिक हीत तुल्याउनेतिर सरकारको ध्यान जाँदैन ।  त्यसैले सर्बसाधारण जनताको जीवनचर्या कष्टकर बनेको छ । 

संघीय शासनप्रणाली अन्तर्गत हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुई कम्युनिष्ट गठबन्धनले झण्डै दुई तिहाई मत हासिल गरेको छ र मुलुक स्थिर सरकार निर्माणको दिशामा अगाडि बढेको छ ।  खुल्ला बजार र उदार अर्थतन्त्रको सिद्दान्त अनुरुप सर्वसाधारण जनताको हीत विपरित हर क्षेत्रमा बिद्यमान व्यवसायिक संगठनका गतिविधिउपर आगामी दिनमा लगाम लगाउनुपर्ने खाँचो छ । 

सर्वसाधारण जनताको हीत सुनिश्चितता आगामी सरकारले आफ्नो सर्वोपरी प्राथमिकतामा नराखी हुँदैन ।  नेपालको आर्थिक विकास नहुनुमा पार्टीहरुबीचको कलह र आन्तरिक द्वन्द्व नै प्रमुख कारण हो ।  सत्ताको बागडोर हातमा हुनेले प्रतिपक्षलाई विश्वासमा लिन नखोज्ने निषेधको शैली अबलम्बन गर्ने भएकाले पार्टीहरुबीच कलहको व्यवस्थापन हुन सकेको छैन । नेतृत्व वर्गमा लोकतान्त्रिक संस्कारको अभाव र व्यक्तिवादी प्रवृत्ति छ ।  

सत्ता र शक्तिलाई अन्तिम गन्तव्य मान्ने राजनीतिक दलहरुको वाहुल्य भएको मुलुकमा फेरि पनि सत्ताको खेल दोहोरिनु कुनै अनौंठो हुँदैन

आफ्नो हैसियत ख्याल गरी राजनीति गर्न खोजिदैन । सबैजसो पार्टीहरु आन्तरिक द्वन्द्वले थलिएका छन् । गुट उपगुटको व्यवस्थापन निकै कठिन हुँदै गएको छ । पार्टी भित्रै भाग बण्डा गर्नु पर्ने अवस्था छ । प्रतिपक्षको भन्दा आन्तरिक द्वन्द्वको व्यवस्थापन बढी जटिल प्रतीत हुन्छ ।  आन्तरिक चलखेलले गर्दा पार्टी नेतृत्वको मानस सदैव अस्थिर रहने गदैछ । राजनीति पर, शक्ति र पैसाका लागि गरिन्छ भन्ने मान्यता छ । त्यसैले पदम पुग्न रस्साकसी चलिरहन्छ । शासन सञ्चालनको शैलीमा कुनै परिवर्तन आउन नसक्दा सामान्य जनता हेरेका हे¥यै भएका छन् । शासन सञ्चालनको शैली यथावत रहन गएमा परिणामको जन अपेक्षा सार्थक हुन सक्दैन ।

मुलुकले आफ्नो इतिहासको नयाँ परिच्छेद प्रारम्भ गर्दैछ । केही दिन भित्रै वाम गठबन्धनको नेतृत्वमा संघीय सरकार बन्ने निश्चित छ । वाम गठबन्धनको नेतृत्वमा सरकार निर्माण हुन नदिने कसरत भए पनि त्यसबाट अपेक्षित परिणाम प्राप्त हुने देखिंदैन । निर्वाचन परिणामले वामगठबन्धनलाई झन्डै दुई तिहाइ नजिक र एमालेलाई झन्डै बहुमत निकट पु¥याएको छ । यस परिणामका कारण एमाले वृत्त बढी हौसिएको अनुमान हुन्छ ।

आफ्नो अभूतपूर्व सफलतामा हौसिनु अस्वाभाविक पनि होइन परन्तु यस सन्दर्भमा ध्यानमा नराखी नहुने एउटा कुरा के हो भने खासगरी हाम्रो जस्तो अल्प विकासित मुलुकको राजनीति सरल रेखामा अघि बढ्दैन । राजनीतिले अतार्किक मार्ग ग्रहण गर्न पनि बेर लाग्दैन । सत्ता र शक्तिलाई अन्तिम गन्तव्य मान्ने राजनीतिक दलहरुको वाहुल्य भएको मुलुकमा फेरि पनि सत्ताको खेल दोहोरिनु कुनै अनौंठो हुँदैन ।

एमाले एक्लैले आफ्नो  नेतृत्वमा सरकार निर्माण गर्ने गरी सुविधाजनक वहुमत ल्याएको छैन । संसदीय अङ्कगणितले एमालेलाई सबैभन्दा ठूलो दल बनाएको स्पष्ट छ । वाम गठबन्धनको घटक माओवादी केन्द्रले सरकार गठन प्रक्रिया अगाडि नै एकीकृत दल र मन्त्रिपरिषदमा सम्मानजनक हिस्सा दावी गरेको छ । सरकार पहिला कि पार्टी एकता पहिलाको विवाद प्रारम्भ भइसकेको छ ।

पार्टी एकीकरणको ढाँचा निर्धारण पछि मात्र सरकार निमार्णको माओवादी केन्द्रको निर्णयले सरकार गठनमा अलमल हुने स्पष्ट भएको छ । त्यसैले कमरेड ओलीले सत्तामा पुग्नुको हतारो गर्नुको कुनै अर्थ छैन । सरकार गठन अघि एकताको खाका तयार हुनु पर्ने जोड गरेर माओवादी केन्द्रले के कसरी लेनदेन गर्ने हो त्यो स्पष्ट गर्नुपर्ने माग गरेको छ । भनिरहन परोइन, लेनदेनको सवाल सहजै हल हुन सक्दैन । एकता प्रक्रियासँग पदीय भागबण्डा र सांगठनिक समायोजनको ढाँचा अभिन्न रुपमा जोडिएको हुन्छ । फरक फरक वैचारिक धारका पार्टीहरु भएकाले केही सैद्धान्तिक र वैचारिक असमझदारीलाई एकरुपता दिनु पनि आवश्यक छ, जुन त्यति सजिलै सम्भव हुन्छ भन्न मिल्दैन ।

अहिले बहुमतको सरकार बन्दैमा राजनीतिक स्थिरता बहाल हुन्छ न विकास र राष्ट्रिय समृद्धिको साँचो यात्रा प्रारम्भ हुन सक्दछ । एमालेले पहिलो पटक सबैभन्दा ठूलो दलका हैसियतमा आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाएको हो, होइन भने अन्य सबै गठबन्धनमा आधारित बहुमतकै सरकार बनेका हुन् । माओवादी केन्द्र सम्मिलित ओली नेतृत्वको सरकार पनि बहुमतकै हो । एमाले अहिले ठूलो दल मात्र बनेको र उ एक्लैले बहुमत प्राप्त गरेको अवस्था नहुँदा पहिल्यै जस्तै एमाले नेतृत्वमा माओवादी केन्द्र सम्मिलित गठबन्धन सरकार निर्माण गर्नुपर्ने अवस्था छ ।

निर्वाचन परिणामबाट ठूलो दल बन्दैमा बल मिच्याइँ गर्न पाइदैन । बढ्दो दलगत मतभेदले राजनीतिक गतिरोध चर्काउँछ र त्यस्तो अवस्थामा विकास प्रक्रिया पनि प्रभावित हुन्छ

भद्र सहमति अनुरुप चल्न नसक्दा त्यति वेला ओली नेतृत्वको सरकार विरुद्ध अविस्वास प्रस्ताव प्रस्तुत भई गठबन्धन टुट्न गएको हो । अहिले पनि दुईशीर्ष नेतृत्वबीच आलोपालो सत्ताको नेतृत्व गर्ने भद्र सहमति भएको खुलासा गरिएको छ । अब त्यस्तो भद्र सहमतिको इमान्दारीसंग पालना हुन्छ भनेर कसरी विस्वास गर्न सकिन्छ र !

मुलुक संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यास गर्ने चरणमा छ । संघीय शासन प्रणाली हाम्रो सन्दर्भमा सर्वमा नयाँ अभ्यास हो । यस क्रममा अनेकौं समस्याहरु उत्पन्न हुन्छनु नै । राष्ट्रिय दलहरुबीचको सम्वाद,समझदारी र सहमतिका आधारमा त्यस्ता समस्याहरुको निरुपण गर्नुपर्ने हुन्छ । किन्तु दुर्भाग्यको कुरा के हो भने सम्वादहीनतालाई प्रश्रय दिन सहायक मेरो गोरुको बाह्रै टक्का भन्ने शैली अख्तियार गरिदैछ । 

निर्वाचन परिणामबाट ठूलो दल बन्दैमा बल मिच्याइँ गर्न पाइदैन । बढ्दो दलगत मतभेदले राजनीतिक गतिरोध चर्काउँछ र त्यस्तो अवस्थामा विकास प्रक्रिया पनि प्रभावित हुन्छ । दलका नेताहरुले एक अर्का उपर सम्मानजनक व्यवहार गर्नु पर्ने हो तर, पार्टीलाई समवेदना दिने जस्तै अत्यन्त निकृष्ट र तुच्छ व्यवहार गरिन्छ । सम्वादबाट सहमति खोज्ने कार्यशैलीलाई प्रश्रय नदिने हो भने राजनीति दुर्घटनामा नपर्ला भन्न सकिंदैन । लोकतान्त्रिक राजनीतिमा प्रतिष्पर्धा हुन्छ किन्तु, हुनु हुंदैन । 

संवैधानिक प्राबधानको आ–आफ्नै ब्याख्याले समस्या जन्माउँछ, समाधान निम्त्याउँदैन । मुलुकमा त्यसै पनि समस्याको कुनै कमी छैन । संवैधानिक पदाधिकारीले आफ्नो सीमा र सामथ्र्यको ख्याल नगरी मर्यादा नाघेर समस्या निम्त्याउने कार्य गर्नु उचित हुंदैन । संवैधानिक पदाधिकारी पार्टी विशेषको नीति अनुसार चल्न मिल्दैन । संवैधानिक प्रक्षमा कुनै दललाई पनि निषेधाधिकार हुंदैन ।

मुलुक संवैधानिक प्रक्रियाको जग बसाल्ने क्रममा यस्तो अवस्थामा स्पष्ट संवैधानिक व्यवस्था कार्यान्वयनमा नल्याउन दबाब दिनु खेदजनक कार्य हो । संविधान विपरीत भए पनि आफ्नो अनुकूल हुन पर्दछ भन्ने मान्यता अलोकतान्त्रिक हो । अलोकतान्त्रिक आचरणलाई प्रमुखता दिएर लोकतान्त्रका मूल्य मान्यता रक्षाको कुरा गर्नु वास्तवमा अनर्गल प्रलाप मात्र हो ।

मुलुकमा जनचाहना अनुसार शान्तिलाई स्थायित्व दिन, स्थिर सरकार निर्माण गर्न र विकास निर्माण कार्यलाई दु्रततर तुल्याउन दलहरुबीच सहमति र सहकार्यको विकल्प देखिँदैन । जानाजान असमझदारी र अविश्वास बढाउने कार्यले परस्परमा दूरी बढाउँछ र सहमति र सहकार्यमा बाधा पुग्न जान्छ । मतदाताले आफ्नो मत दिने र जनमत लिने निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको छ । 

नेपाली जनताको सरोकार बलियो सरकार होइन, बरु सक्षम सरकार हो । छिटो छरितो र गुणात्मक शक्ति भन्दा आगामी दिनमा सरकारको आचरण र व्यवहार कस्तो हुन्छ त्यो जनताका लागि महत्वपूर्ण विषय हुनेछ

प्रत्यक्ष निर्वाचन तफर्लको मत परिणाम पनि आइसकेको छ । किन्तु, निर्वाचन आयोगले समानुपातिक निर्वाचन तर्फ सिट बाँडफाँट गर्ने अन्तिम परिणाम घोषणा गरी संसदलाई पूर्णता दिने काम त बाँकी नै छ । कानूनको अभावमा राष्ट्रिय सभा निर्वाचन अन्योलमा परेको छ । अध्यादेश जारी नभई यो अन्यौल हट्न किमार्थ सक्दैन । राजनीतिक परिस्थितिलाई थप विषम बन्न नदिन अध्यादेश जारी गर्न सबैबाट वाञ्छनीय सहयोग हुनु पर्दछ । 

निर्वाचनको जनादेशलाई कसैले पनि अपव्याख्या गर्न मिल्दैन । स्मरणीय तथ्य के हो भने लाकतन्त्रको कुशल सञ्चालनका लागि राजनीतिक दलहरुबीच न्यूनतम समझदारी, सहयोगको भावना र लोकतान्त्रिक आचरणको खाँचो पर्दछ । सरकारको वागडोर आफ्नो हातमा लिन चाहने नेतामा दलगत होइन, राष्ट्रिय सोच हुनु जरुरी छ ।

संवैधानिक मुद्दालाई राजनीतिकको संज्ञा दिने र राजनीतिक सहमतिको विषय बनाउन मिल्दैन । राजनीतिक सहमतिमा संविधानको व्यवस्था विपरीत काम गर्न मिल्दैन । त्यस्तो मुद्दा संवैधानिक तवरबाटै हल गर्नु पर्दछ । 

पार्टी एकीकरणको प्रसंग उठाए पनि सरकारको गठन एमाले र माओवादी केन्द्रबीचको तालमेलबाटै हुने स्पष्ट छ । आलोपालो सत्ता भोग गर्ने भद्र सहमति उदाङ्गो भैसकेको छ । कुनै एउटा दलले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले स्थिर सरकार बन्ने पनि एक मना बन्न नसक्ने निश्चित छ । सरकारमा संलग्न पार्टीका आ–आफ्ना स्वार्थ हुन्छन् नै । पार्टीगत स्वार्थ पोषणमा पार्टीहरु लाग्दैनन् भन्न सकिँदैन ।

पार्टीगत स्वार्थ पोषणमा लाग्दा सिंगो मुलुक र समष्टि जनताको स्वार्थमा कार्य सम्पादन हुने गुन्जायस कम हन्छ । ५० वर्ष शासन गर्ने उद्देश्यको निहितार्थ पनि यही हो । अहिलेलाई भने पाँच वर्षका लागि एएटै सरकार पाउने अपेक्षा सार्थक नहुने स्पष्ट छ ।

नेपाली जनताको सरोकार बलियो सरकार होइन, बरु सक्षम सरकार हो । छिटो छरितो र गुणात्मक शक्ति भन्दा आगामी दिनमा सरकारको आचरण र व्यवहार कस्तो हुन्छ त्यो जनताका लागि महत्वपूर्ण विषय हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x