धूलाम्य काठमाडौं : दिउँसै लाइट बाल्नुपर्छ बल्खुमा ! [भिडियो रिपोर्ट]

 काठमाडौं । बुधवार, मध्याह्नको १२ बजेको छ । काठमाडौंको बल्खु चोक भने साँझ परेजस्तै देखिन्छ । गाडीहरु लाइट बालेर गुडिरहेका छन् । बाटो काट्ने बटुवाले मोवाइलको टर्च बाल्नुपर्ने अवस्था छ । 

नेपालको सबैभन्दा पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालय भएको क्षेत्र हो बल्खु । ‘शिक्षाको ज्योति’ले भविश्य चम्काउने रहर बोकेर आएकाहरु पनि यो चोकमा पुग्छन् । 

नेपालकै पूरानो र अहिले सत्तामा रहेको पार्टी नेपाली कांग्रेसको मूख्यालय पनि यहिँ छ । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्राय सबै मन्त्रीहरु यो बाटो हिँडेकै हुन्छन् । र पनि यहाँको धूलो कम गर्नेतर्फ कसैको ध्यान जाँदैन । 

करिव ४ वर्षदेखि हरेक पल धूलो खाएर बाँच्न विवश छन् यहाँका स्थानीय । चक्रपथ विस्तार योजनाअन्तर्गत ४ वर्ष अगाडि यहाँ सडक खन्न शुरु गरिएको थियो । सडक विस्तार कार्यले अहिले नै पूर्णता पाउने छाँट छैन ।
सडक विस्तार गर्दा खनिएको ठाउँमा धूलो उड्न नदिन पानी छर्किनुपर्ने पर्छ । सरकारी नियमानुसार ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेको ठाउँमा धूलो उड्न नदिन पानी छर्किनुपर्छ । यहाँ भने सरकारी नियमको वास्ता पनि गरिएको छैन । 

मोटरसाइकलममा कलंकीदेखि बल्खुसम्मको (करिव ५०० मिटर) सडक पार गर्दा मानिसको अनुहार नै ढाकिन्छ, धूलोले । 

घरबाटा सफाचट्ट भएर निस्किएको मानिस बल्खु चोकमा बस्नुपर्यो भने धूलो चिन्न नसकिने हुन्छ । 

सडकको धूलोले व्यापार व्यवसाय समेत चौपट भएको छ ।

१ मिनेट कुर्न पनि मुस्किल पर्ने यो चोकमा ट्राफिक प्रहरीले भने दिनभर खटिएर सवारी आवागमनलाई व्यवस्थित बनाउनु पर्छ ।

 

 

 

 


 

 

 

 

पुस १४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस