×

NMB BANK
NIC ASIA

अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल

पुस १५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

– सिवी अधिकारी 

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ, १५ पुस - अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

विगत झैँ यसवर्ष पनि अंग्रेजी नयाँ वर्ष, २०१८ लाई लक्षित गर्दै देशका मुख्य पर्यटकीय गन्तव्यमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमको तयारी भइरहेको छ । यसै सन्दर्भमा काठमाडौँको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा ‘न्यू इयर इभ’( नयाँ बर्ष पूर्वसन्ध्या) को तयारीस्वरुप ठमेल क्षेत्र बेहुली झँै सिँगारिएको छ । खुल्ला र सफा सडकमा पर्यटकलाई शान्त वातावरणमा मनोरञ्जनात्मक गतिविधिका लागि व्यवसायीले विभिन्न प्याकेज ल्याएका छन् । 

Vianet communication
Laxmi Bank

पुस १६ (डिसेम्बर ३१) आइतबार हुने न्यू इयर इभ कार्यक्रम र अफरका तुल, ब्यानर र सजावटले ठमेल क्षेत्रका होटल, रेष्टुराँ, क्लब, गजल तथा दोहोरी साँझ रेष्टुराँ रङ्गिएका छन् । व्यवसायी आफ्नो सेवा प्रवद्र्धनका लागि विभिन्न नयाँ कार्यक्रमका साथ प्रतिस्पर्धात्मक तवरले लागिपरेका छन् । 

न्यू इयर इभको सन्दर्भमा ठमेलको ठमेल इको रिसोर्टमा न्यू इयर इभ विशेष कार्यक्रम आयोजना हुँदैछ । ठमेल इको रिसोर्ट र इभेन्ट संसार डटकमले संयुक्तरुपमा आयोजना गर्ने उक्त कार्यक्रममा सहभागी हुनेले लाइभ म्यूजिकको साथ नेपाली परम्परागत खानाको स्वादमा भरपुर आनन्द लिनेछन् । 

इको रिसोर्टका सञ्चालकसमेत रहेका वरिष्ठ पर्यटन व्यवसायी राजन सिंखडाका अनुसार म्यूजिकका साथ रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन् । रायन विथ यात्रीको लाइभ म्यूजिक रहने उक्त कार्यक्रममा चर्चित हास्य शृङ्खला ब्रेकफेलका कलाकार तथा अन्य ख्यातिप्राप्त कलाकारको बेजोड सांगीतिक प्रस्तुति रहनेछ । 

विदेशी तथा स्वदेशी पर्यटकको मनोरञ्जन तथा नेपाली खानाका परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवसायी सिंखडाको भनाइ छ । सहभागिताका लागि रु एक हजारको टिकट काट्नुपर्नेछ, त्यसमा एक बोतल बियर निःशुल्क हुने आयोजकले जनाएका छन् । 

रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूले नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्र ठमेल, दरबारमार्ग, झम्सिखेललगायत अन्य होटल तथा रेष्टुराँले विभिन्न कार्यक्रम बनाएको बताए । 

उनका अनुसार कतिपय क्लब तथा रेष्टुराँले विदेशी कलाकारको ब्याण्ड तथा नेपाली चर्चित कलाकारको साथमा नयाँ वर्षको स्वागतमा कार्यक्रम गर्ने योजना बनाएका छन् । 

‘क्लब भेनिस’ सुन्धाराका सञ्चालकसमेत रहेका व्यवसायी लिम्बूले नयाँ वर्षमा पाहुनालाई लक्षित गरी क्लबमा आइतबार साँझ ‘ग्लामर्स आइकन’ को विशेष फेसन शो आयोजना गरिने र त्यहाँ ३० जना चर्चित मोडलले प्रस्तुति दिनेछन् भने डिजे सशनको बेग्लै रौनक रहनेछ । 

यता ठमेलकै सुविधायुक्त ‘टर्टल लाउन्ज एण्ड क्लब’ ले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको तयारी गरेको छ । 

क्लबका सञ्चालक आयुष ठकुरीका अनुसार चर्चित पप गायक सविन राईको विशेष सांगीतिक प्रस्तुति रहनाका साथै क्लबमा विभिन्न खानाका परिकारमा १५ देखि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सर्वसाधारणलाई रु एक हजारदेखि एक हजार ५०० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले नयाँ वर्षको सन्दर्भमा त्रिदेवी मार्ग, ठमेलमा आइतबार साँझ सडक सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ । चर्चित डिजे ‘शिशिर’ र ‘सिजल’ को विशेष प्रस्तुति रहनेछ । कार्यक्रममा हजारौँको संख्यामा सर्वसाधारण तथा विदेशी पर्यटक सहभागी हुने भएकाले आवश्यक सुरक्षाको प्रभावकारी व्यवस्था मिलाइएको छ । 

अध्यक्ष गुरुङले नयाँ वर्षको अवसरमा ठमेल क्षेत्रका व्यवसायीले आफ्ना सेवामा विशेष अफरसहितका कार्यक्रम ल्याएका छन् । ठमेलमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्नका लागि व्यवसायीले विभिन्न प्याकेज बनाएका हुन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x