नेता बन्दै अभिनेता रजनीकान्त, विधानसभा चुनाव लड्ने घोषणा

काडमाडौं, १६ पुस– भारतीय अभिनेता रजनीकान्त राजनीतिमा आउने भएका छन् । उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् । 

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन अपील गर्दै अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा गरेका छन् ।

तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनको भनाइ छ । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, ‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

पुस १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार