एनआई सी एशिया बैंकको मुख्य प्रायोजन रहेको टिम विराटनगर वारियर्स  ईपीएल बिजेता

काठमाडौं,१६ पुस - निजीक्षेत्रबाट आयोजनाभएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशीभएको मानिएको “एभरेष्ट प्रिमियर लिग टी–२०”क्रिकेट प्रतियोगिता (ईपीएल)को उपाधिएनआईसी एशिया बैंकले मुख्यप्रायोजन गरेकोविराटनगर वारियर्सले हातपार्न सफलभएको छ ।

विराटनगरले जितसँगै ट्रफी र नगद रू. २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्तप्रतियोगिताको म्यानअफदिसिरिजको पुरस्कारसमेत सर्वाधिक रन बनाउन सफलविराटनगर वारियर्सकै बाबर हायातले हातपारेका छन्। उतmप्रतियोगिताअवधिभर बनेको कुल १४ अर्धशतकमाबाबरले ७ खेलमा ३ अर्धशतकप्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।

कीर्तिपुरस्थितत्रि.वि.क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालनभईशनिबार उपाधिकालागिभएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीचको फाईनलखेलमाविराटनगरवारियर्सले १ रनको रोमाञ्चकजितहातपारी उपाधिकब्जागर्न सफलभएको हो ।

एनआईसी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथाखेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशका लागी यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमाअझउल्लेखनिय योगदानगर्दै अगाडी बढने लक्ष्यलिएको छ ।  

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत,स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पु¥याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्यशिविर सञ्चालनजस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।

साथै, दैवीप्रकोपबाट प्रभावितजनतालाई राहतवितरण, ऐतिहासिकएवम् सांस्कृतिकमहत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमाउदाहरणीय रूपमा सहयोग गरेको छ ।
 

पुस १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस