तरलता अभावको असरः नेप्से लगातार ओह्रालो

काठमाडौं, १६ पुस- बजारमा तरलता अभाव बढेपछि दुई साता लगातार घटेको सेयर बजार तेस्रो सातासम्म आयपुग्दा पनि लगातार ओह्रालो लागेको छ । आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक २४ अंक घटेर १३९० अंकमा आएको छ ।

बजार लगातार ओरालो लाग्नुमा बैंकको तरलता समस्या तथा उच्च व्याजदर देखिएको बैंकरहरु बताउँछन् । बैंकहरुले निक्षेपयाजदर बढाएसँगै ऋणको व्याज पनि बढ्ने डर लगानीकर्तामा भएको बैंकहरुको अनुमान छ ।

आईतबार दिनभरीमा १ सय ५८ कम्पनीको १८ लाख २५ हजार कित्ता शेयर ५८ करोड ७८ लाख रुपैयाँ कारोबार भयो । सबैभन्दा बढी एनसिसी बैंकको संस्थापक शेयर नौ करोड ६९ लाख रुपैयाँको कारोबार भयो। प्रभु बैंक र एनसीसी बैंकको १३ करोड रुपैयाँको संस्थापक शेयर कारोबार भयो ।

पुस १६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस