×

NMB BANK
NIC ASIA

सन्दर्भ-टोपी दिवस

दौरा-सुरुवाल-टोपी पहाडको पेवा होइन, सिंगो नेपालको गौरव हो : लालबाबु यादव

पुस १७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वमा २१ वटा मात्र राज्यहरू भएको ऐतिहासिक कालमा समेत नेपालको अस्तित्व थियो । नेपालको इतिहास त्यति पुरानो हो । अथर्ववेदमा पनि नेपालको बारेमा लेखिएको छ । यसबाट पनि अनुमान लगाउन सकिन्छ नेपालको इतिहास कति पुरानो थियो भनेर । त्यसबेला दक्षिण एसियामा भारत लगायत अन्य देशको नामै थिएन । नेपाल एउटा यस्तो मुलुक थियो र छ पनि, जहाँ हरेक जातजाति र धर्मका मानिस सौहाद्र्रपूर्ण ढंगले मिलिजुली बसिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

तपाईं मधेसलाई मधेसीको भनेर छुट्याउनुहुन्छ । तर काठमाडौंमा सबभन्दा पहिला राज्य गरेको त मधेसीले हो नि । गोपालवंशी र महिपालवंशी राजाहरू यादव हुन् । त्यति मात्र होइन राणाहरूले १०४ वर्ष शासन गरे र शाहवंशीय राजाले २ सय ४० वर्ष राज्य गरे । तर मधेसीहरूले त ५०० वर्ष राज्य गरेको हो । लुम्बिनीका राजाहरू शाक्यवंशका नेवारहरू थिए । पहाडका मानिस मधेसमा अनि मधेसका मानिस पहाडमा घुलमिल भएर बस्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यति मात्र होइन, मल्लकालमा नेपालको राष्ट्रिय भाषा मैथिली थियो । नेपालमा अहिलेसम्म हामी नेपाली दाजुभाइ दिदीबहिनी मिलेर बसेका छाँै । छिटपुट बाहेक नेपालको इतिहासमा कुनै जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व भएको पाइँदैन । तर २०६२ सालपछि हामीले धेरै समस्या निकाल्यौँ । विभिन्न जाति र समुदायका मानिसलाई जानीजानी उचालिदिने गरिएको छ, तिमीहरूलाई पछाडि पारेको छ है भनेर ।


Advertisment
Nabil box
Kumari

कुनै जातिलाई पछाडि पारिएको हो भने त्यो जातिले काम गरेर देखाउनुप-यो नि । अंग्रेजीमा एउटा कहावत छ जसको नेपाली भाव हुन्छ, ‘राजनीतिकर्मीले जहिले पनि आगामी चुनावको बारेमा मात्र सोच्छ भने राजनेताले अर्को पुस्ताको बारेमा सोच्छ’ । हाम्रो दुर्भाग्य भनेको यहाँ नेतृत्व नै सही भएन । भोट बैंकका लागि निश्चित समुदायलाई उचाल्ने गरिएको छ । चुनावका बेला जनतामा जाँदा जातको कुरा गर्ने प्रवृत्तिले समस्या बढाएको हो ।

Vianet communication
Laxmi Bank

मधेसी जनताको राष्ट्रियतामा किन शंका ?

एउटा सानो उदाहरण दिन चाहन्छु । भारतीय दलित नेता जगजीवनरामले गोरखपुरमा दलित सम्मेलनको उद्घाटन गर्दा के भन्नुभयो भने गान्धीजीले हरिजन, हरिजन भनेर हामीलाई झन् छुट्याइदिए । हरि भनेका भगवान् हुन्, सबैजना उनकै सन्तान होइनन् र ? हामीलाई मात्र छुट्याएर जिन्दगीभरि दलितको दलित बनाए । जगजीवनराम आफैँ पनि चमार जातको दलित हुनुहुन्थ्यो । हामी कोभन्दा कम छौँ र मानसिक रूपमा अपमान सहनुपर्ने अनि हेपिएर बस्नुपर्ने भन्नुहुन्थ्यो उहाँ ।

त्यसैगरी बुझ्दा मधेसी जनता नेपाली हुन्, भूमिपुत्र हुन् । उनीहरूले देशको रक्षाका लागि लडेका छन् । त्यसकारण मधेसी जनताको राष्ट्रियता र सामाजिक एकतामा प्रश्न गर्नु हुँदैन । मधेस आन्दोलनको क्रममा मैले सप्तरी, सिराहा र जनकपुरमा आन्दोलनकारीलाई सोधँे, “किन आन्दोलन गर्नुभएको ? किन ‘पहाडे चोर मधेस छोड्’ भनेको ?” उनीहरूले मलाई बताए, “हामीहरूलाई चाहिँ मधेसी अनि भारतीय भनिदिने । हाम्रो धोती खुस्काइदिने । अनि आन्दोलन किन नगर्नु ?”

त्यस्तो भावलाई सम्बोधन गर्न के प्रयास भएको छ त ? खालि प्रतिनिधित्वको कुरा गरेर पुग्छ ? प्रतिनिधित्व भनेको खालि यादव र कायस्थलाई सांसद बनाउने हो ? लालबाबु यादव वा अन्य कुनै यादव आउँदैमा मधेसी जनताको समस्या समाधान हुने होइन । हामीले सिंगो मधेसी समुदायका लागि केही गर्नुपर्छ ।

मधेसी जनताको उत्थानको लागि न राष्ट्रिय पार्टीले केही गरेको छ, न त क्षेत्रीय पार्टीले नै केही गरेका छन् । मैले भर्खरै एउटा रोचक लेख पढेँ । सोही कुरा मैले विगतमा उठाउँदा मलाई मधेसविरोधी भन्थे । अहिले त्यही कुरा पढ्दा मलाई गौरव अनि खुसी लागेको छ । एकजना मधेसी फोरमका नेताले (डा. शिवजी यादव, लोकान्तरको लेख) लेख्नुभएको छ कि मधेसको अन्न र उद्योग, पहाडको बिजुली र पानी तथा हिमालको जडीबुटी मिलाएर देश अघि बढ्नुपर्छ । उहाँले धेरै राम्रो विचार अगाडि सार्नुभएको छ ।

पहाडमा पनि मधेसीको शान

रोल्पा, रुकुम, बाजुरा, बझाङले होइन नि काठमाडौंले पो वास्तवमै मधेसीलाई हेपेको हो । पहाडका जिल्लामा मधेसीहरू डाक्टर, इन्जिनियर, शिक्षक र वन अधिकृत छन् तर उनीहरूलाई त्यहाँका स्थानीय बासिन्दाले हेपेका छैनन् । शानका साथ बसेका छन् मधेसीहरू । हेप्ने भनेको काठमाडौंले हो — मनु मखु मस्र्या खः भन्ने जस्ता लवज प्रयोग गरेर । हामीलाई हेप्दैन फेरि, हेप्ने भनेको निम्नवर्गका मानिसलाई हो । कमजोर, असहाय, तरकारी बेच्नेलाई, कपाल काट्नेलाई न हेपेको हो । यस्ता व्यक्तिले जनतालाई सेवा गरिरहेका छन् तर राज्य भने हेपिरहन्छ । कमजोर वर्गको सुरक्षाका लागि त राज्यको उत्पत्ति भएको हो ।

कालो मधेसी देख्दैमा भारतीय भनिदिने र दार्जिलिङको गोरो मान्छेलाई देख्दा नेपाली ठान्ने काठमाडौंको दृष्टिदोष हो । मधेसका जनतालाई साम्प्रदायिक नभनौँ । विसं २०५६ सालको आम निर्वाचनको नतिजा हे-यो भने तराईका ८८ वटा सिटमध्ये ३९ पहाडी मूलका उम्मेदवारले र २९ मधेसी मूलकाले जितेका थिए । राष्ट्रिय राजनीतिका चर्चित अनुहार केपी ओलीले झापामा चुनाव जित्नुभयो, काठमाडांैमा हारेका प्रचण्डजीले सिराहामा गएर जित्नुभयो । मधेसले उहाँहरूलाई साम्प्रदायिक बनायो त ?

मधेसमा अहिले पनि पाहुनालाई सत्कार गर्ने संस्कार सकिएको छैन । हामी सानो छँदा सरकारी अड्डाको चिठी लिएर आउने कार्यालय सहायकलाई बुवाआमाले सत्कार गर्नुहुन्थ्यो । २०६२ सालपछि वातावारण केही खल्बलिएको हो । तर सत्कारको संस्कृति अझै मेटिएको छैन ।

अचेल मधेसी जनताको हकहितको कुरा गर्ने दलका नेताहरू परिवारवादमा लागे अनि आफ्ना श्रीमतीहरूलाई सांसद बनाए । यसो भएतापनि मधेसीका नेताहरूलाई धेरै जिस्काउनु हुँदैन, गाली गर्नुहुँदैन । आखिर उनीहरू पनि देशकै नागरिक हुन् । मधेसवादी दल पनि तराई, पहाड, हिमाल मिलाएर जान खोजेका छन् । त्यसैले सौहाद्र्रपूर्ण वार्ता गरेर समस्याको समाधान खोज्नतिर लाग्नुपर्छ ।

मधेसीलाई ‘भैया’ नभनौँ

मधेसको चाहना भनेको पहिचान, स्रोत—साधनमा पहुँच र प्रतिनिधित्वमा हो । सबभन्दा ठूलो कुरा सम्मान हो, तपाईं तराई मधेसका पुुरुषलाई दाइ वा भाइ भन्नुस् न, ‘भैया’ नभन्नुस् क्या । उनीहरूलाई भारतीय होइन नेपाली मान्नुस् । त्यो सबभन्दा ठूलो सम्मान हो । व्यवहारमा यस्तो परिवर्तन नल्याउञ्जेल भौतिक लगानी जति गरेपनि हुन्न । काठमाडांैमा मधेसी जनतालाई भैया भन्न छाडाँै त, धेरै समस्या त्यहीँबाट समाधान हुन्छ । 

स्रोतको कुरा गर्दा मधेसलाई पनि बजेटले प्राथमिकता दिएको छ, कमला डाइभर्सन लगायतका आयोजनाका लागि । तराईमा विकास भयो भने राजनीतिक स्थिरता कायम हुन्छ । संघीयतालाई पनि जनताको लागि संघीयता गराएमा कुरा मिल्छ । त्यसपछि देश र मधेसको समृद्धिको कुरा आउँछ । मधेसको समृद्धि कृषि र उद्योगबाटै सम्भव छ ।

सन् १९९० भन्दा पहिले मधेसका व्यक्ति विदेश भनेर कहाँ जान्थे ? गएपनि केही महिनालाई पञ्जाबसम्म पुग्ने न हो । सम्बन्धित किताबहरू पढौँ त । सन् १९७५ सम्म पनि नेपाल धान चामल निर्यात गर्ने विश्वको पाँचौँ ठूलो देश थियो । अहिले त हामी धान चामल आयात गरिरहेका छौँ । नयाँ कलकारखाना खोल्ने अनि भएका कारखानालाई राम्रोसँग चलाउने गरेमा र कृषिमा लगानी वृद्धि गरेर देशको समृद्धि सम्भव छ । कृषिमा आधारित उद्योग खोलेपछि धेरै रोजगारी सृजना हुन्छ ।

दौरा सुरुवाल पहाडको पेवा हो ?

पहाडमा बसोबास भएका अधिकांश नेपालीले के सम्झनुभयो भने दौरा सुरुवाल र टोपी पहाडको पेवा हो । पहाड तराई सबैतिरका नेपालीले बच्चा जन्मिने बेला, खाने बेला पनि, पूजा गर्ने बेला पनि र मर्ने बेलामा पनि धोती लगाउँछौँ । तपाईंले मधेसीको भनेर धोतीलाई गाली गर्नुहुन्छ भने त्यसको अर्थ त आफ्नै सभ्यता, संस्कार र प्रथालाई गाली गरिरहनुभएको जस्तो हुन जान्छ ।

त्यस्तै, दौरा सुरुवाललाई मधेसीहरूले गाली गर्नुको तुक छैन । मधेसीहरूले के बुझ्नुप-यो भने यो पहाडको पेवा होइन, नेपालको पहिचान हो । दौरासुरुवाल नेपालको पहिचान हो भन्ने कुरा जुद्धशमशेरभन्दा पहिला थिएन । थारू संस्कृतिमा पनि दौरा लगाउने प्रचलन थियो । त्यसैको विकसित स्वरूप दौरा—सुरुवाल हो । नेपाली टोपी र दौरा सुरुवाल नेपालको मौलिक पोशाक हो ।

यसमा तराई मधेशका अनि पहाडका जनजातिका, दलितका, नेवारका सबैले गर्व गर्नुपर्छ, आफ्नो ठान्नुपर्छ । नत्र तपाईंलाई नेपाली भनेर कसरी चिन्ने ? अरब मुलुकका नागरिकले टाउकोमा फेटा बाँधेका हुन्छन् । जुनसुकै औपचारिक समारोहमा पनि उनीहरू त्यही फेटा लगाउँछन् । नेपालमा राजदूत भई आउने अरब देशका प्रतिनिधिले नेपालका राष्ट्राध्यक्षसमक्ष ओहोदाको प्रमाणपत्र पत्र पेश गर्ने क्रममा पनि लगाएका हुन्छन् । हरेक देशको एउटा पहिचान हुन्छ । चिन्ने नै त्यसैले हो ।

नेपाली दौरा—सुरुवाल नेपालको मौलिक पहिचान हो । नेपाली टोपी कसले लगाएको छैन ? नेपाली टोपी गजेन्द्र बाबुले पनि लगाउनुभएको थियो नि ? मधेसको अधिकारको बीजारोपण गरेको त गजेन्द्र बाबु नै हो । उहाँजस्तो व्यावहारिक कोही छैन । महन्थ ठाकुरले लगाउनुभएको होइन र ? अहिलेका नेता सबै व्यक्तिगत स्वार्थमा गए ।

२०६२ सालपछि नयाँ नयाँ नेता आए र वातावरण विषाक्त पार्ने काम गरे । मलाई पनि कतिले गाली गरे । तिमी पढेलेखेको मानिस किन दौरा सुरुवाल लगाएको भनेर भने । एकजनाले संसदमा सोधे, ‘लालबाबुजी तपाईंलाई एमाले पार्टीले पहाडेको पोशाक दौरा सुरुवाल लगाउन दबाब दिएको हो ?’ मैले भनेँ, मलाई एमाले पार्टीले लगाउन भनेको छैन । एमाले पार्टीका कतिपय नेताहरूले नै लगाउनु हुन्न । तर म लगाउँछु । मैले यो पनि भनेँ, ‘पहिला तपाईं पढ्नुस् न, दौरा सुरुवाल पहाडियाको पोशाक हो कि नेपालीको पोशाक हो भनेर’ । त्यसपछि उनीहरूले मलाई यो प्रश्न सोध्न छाडे ।

त्यसकारण म फेरि पनि जोड दिएर भन्छु, ‘वास्तवमा दौरा सुरुवाल मधेसकै पहिरन हो, पहाडको होइन । पहाडले त आत्मसात गरेको मात्र हो ।’

राजनीतिशास्त्रका प्राध्यापक लालबाबु यादवसँग गरिएको कुराकानीमा आधारित

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x