×

NMB BANK
NIC ASIA

काठमाडौं, १७ पुस- नेपाली मुद्रा बजारमा लगानी योग्य पूजी अभाव देखिएपछि बैंकहरुले आर्कषक व्याज दर देखाएर सर्वसाधारणबाट रकम (निक्षेप) तान्न थालेका छन् । बैंकहरुले आफूसँग भएको कर्जायोग्य पुँजी सकिएपछि ८ देखि १२ प्रतिशतसम्म व्याजदरमा निक्षेप संकलन सुरु गरेका हुन्  । जसका कारण निक्षेपको व्यादरसँगै कर्जाको व्याजदर पनि ह्वात्तै बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसले साना लगानीकर्ताको रकम उठाउने सके फाइदा हुने विज्ञहरु बताउँछन् । अर्थविद् दिपेन्द्र बहादुर क्षेत्री भन्छन्, अहिलेको अवस्थामा व्याज राम्रो पाउने हुँदा सानो पूँजी संकलन गर्न सके सर्बसाधारणलाई राम्रो फाईदा हुन्छ ।, बैंकहरुले कर्जायोग्य लगानी बढाउन सक्छन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निक्षेपमा आकर्षक व्याज


Advertisment
Nabil box
Kumari

अहिले केही बैंकले तरलताको अभावलाई समाधान गर्न न्यूनतम साढे ८ देखि १२ प्रतिशत व्याजमा निक्षेप ल्याउने आर्कषक योजना सार्वजनिक गरेका छन् ।

Vianet communication
Laxmi Bank

कृषि विकास बैंकले तलरता अभाव भएपछि सर्वसाधारणबाट निक्षेप तान्न साढे ८ प्रतिशत व्याज दिने गरी एडीबीएल स्वर्ण निक्षेप योजना ल्याएको छ ।  

जनता बैंकले १० प्रतिशत व्याज दिने गरी जनता फिक्सड डिपोजिट योजना ल्याएको छ । एनआईसी एसिया बैंकले अल्पकालका लागि साढे ८ प्रतिशतमा फिक्स डिपोजिट योजना ल्याएको छ भने मेगा बैंकले वर्षिक १० प्रतिशत व्याज दरमा मेगा सुपर फिक्स्ड डिपोजिट स्किम सार्वजनिक गरेका छन् । 

‘कर्जा मात्रै बढ्यो’

खासगरी निक्षेप भन्दा कर्जा बृद्धिदर बढेपछि लगानीयोग्य पुँजीको अभाव देखिएको बैंकरहरु बताउँछन् । चुनावी खर्च, रेमिट्यान्स आप्रवाह घट्नु, राजनीतिक अस्थिरताका कारण पनि बैंकहरुमा लगानी गर्ने पुँजीको अभाव देखिएको हो । 

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलक खनालकाअनुसार अहिले निक्षेपको बृद्धिदरभन्दा कर्जा बृद्धिदर ह्वात्तै बढेकाले प्रयाप्त लगानी गर्न नसकिएको हो । यसको प्रमुख कारण पुस महिनामा राजस्वमा ठूलो रकम जम्मा हुनु नै हो । ‘पुसमा राजस्वको रुपमा ठूलो पूँजी सरकारी ढुकुटीमा जम्मा भएर बसेको छ । पूँजीगत खर्च पनि निकै थोरै मात्रै भएको छ, यसैले बजारमा रकम अभाव देखिएको हो’ खनालले लोकान्तरसँग भने । 
विकास बैंकहरुले अहिले २ वर्षको मुद्दतिमा साढे ११ प्रतिशतसम्म व्याज दिएर पूँजी संकलन गरिरहेको उनले बताए । 

पुँजी अभाव नै देखिएपछि अहिले कतिपय बैंकहरुले लगानी बढाउन नसक्ने बताएका छन् । अधिकांश वाणिज्य बैंकको कर्जा लगानी तथा निक्षेप अनुपात (सीडी रेसियो) ८०÷२० प्रतिशत अनुपात सीमामा पुगिसकेकाले थप लगानी गर्ने अवस्था नरहेको बैंकरले बताएका छन् । बैंकले कूल पूँजीको ८० प्रतिशत मात्र लगानी गर्न पाउँछन् ।

अहिले ४ खर्बभन्दा बढी रकम राज्यको ढुकुटी होल्ड भएर बसेको छ, त्यसलाई सदुपयोग गर्ने प्रभावकारी प्रणाली चाहिन्थ्यो, स्थायी सरकार चाहिन्थ्यो, तर, त्यसो केही नहुँदा रकम होल्ड भएको छ । यस्ता समस्या समाधान नहुँदासम्म यस्ता समस्या देखि नै रहन्छन्

ठूलो समस्या होइनः राष्ट्र बैंक

बजारमा हल्ला भएजस्तो तरलता अभाव नभए पनि लगानी गर्न मिल्ने पूँजीमा मात्रै केही कमी भएको नेपाल राष्ट्र बैंकको दाबी छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्छन्, ‘अहिले बैकिङ प्रणालीमा ठूलो रकम अभाव भएको होइन, बजारमा लगानीयोग्य पुँजीमा करीब ४ अर्ब कमी देखिएको छ , यो ठूलो तरलता समस्या भन्न मिल्दैन् ।’ 

गत वर्ष ३५ अर्ब हाराहारीमा तरलता अभाव देखिदा समेत समाधान भएको बताउँदै उनले यो अल्पकालीन समस्या भएकाले केही समयमै समाधान हुने पौडेलको भनाइ छ । 

तरलता घट्नुमा सरकारी ढुकुटीमा ठूलो रकम जम्मा हुनु नै प्रमुख कारण रहेको उनको भनाइ छ । सरकारी ढुकुटीको रकम खर्च भएर बजारमा आए बजारमा तरलताको समस्या स्वतः समाधान हुने उनले बताए ।
राष्ट्र बैंकले अल्पकालीन रुपमा बैकिङ प्रणालीमा तरलता बढाउन वाणिज्य बैंक, विकास बैक र वित्त कम्पनीलाई बोलकबोलबाट लगानी गर्ने भएपछि यो अभाव केही समाधान हुने विज्ञहरु बताउँछन् ।

‘ठूलो पूँजी होल्ड भयो’

राष्ट्र बैंकका पूर्व गर्भनर समेत रहेका अर्थविद् दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरुले सानो सानो पूँजीलाई प्राथमिकता दिएर संकलन गर्न नसक्दा यस्ता समस्या देखिने बताउँछन् । लोकान्तरसँगको कुराकानीमा क्षेत्री भन्छन्, ‘निक्षेप संकलन भएन तर कर्जाको माग बढ्यो भनेर बैंकहरुले भनिरहे पनि सानो रकम उठाउन बैंकहरु तयार हुनुपर्यो । त्यसका लागि बैंकहरु तयार छैनन् ।’

नेपाली मुद्रा बजारमा बेला बेला उतार चढाव देखिने, अल्पकालीन समस्याहरु देखिइरहनुको प्रमुख कारण राजनीतिक अस्थिरता पनि एक प्रमुख कारण भएको क्षेत्रीको भनाई छ । 
‘अहिले ४ खर्बभन्दा बढी रकम राज्यको ढुकुटी होल्ड भएर बसेको छ, त्यसलाई सदुपयोग गर्ने प्रभावकारी प्रणाली चाहिन्थ्यो, स्थायी सरकार चाहिन्थ्यो, तर, त्यसो केही नहुँदा रकम होल्ड भएको छ । यस्ता समस्या समाधान नहुँदासम्म यस्ता समस्या देखि नै रहन्छन्,’ क्षेत्रीले भने ।

बैंकहरु संख्यात्मक रुपले बढी भए पनि गुणत्मक प्रतिस्पर्धामा जान नसक्नु पनि मुद्रा संकटको प्रमुख कारण भएको क्षेत्रीको भनाई छ । 

लगानी नहुँदा यस्तो पर्छ असर

बजारमा लगानी गर्ने पुँजी नहुँदा विकास निर्माण लगायतका काममा असर पर्ने विज्ञहरुको भनाई छ । 

‘अर्थतन्त्र बलियो बन्न मुलुकको विकास निर्माणसँगै भएको पूँजी चलायमान भइरहनुपर्छ तर, हाम्रो भएको पूँजी होल्ड भएर बस्ने र बजारमा छरिएर बस्ने हुँदा यसले अर्थतन्त्रमा समेत गम्भीर असर पर्ने हुन्छ,’ अर्थविद् क्षेत्री भन्छन् ।

अहिलेको अवस्थामा बैंकहरुले गर्ने काम नै सानो पूँजीलाई सहजै पहुँच दिनुपर्ने क्षेत्रीको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x