सोमबार दोहोरो अंकले बढ्यो नेप्से, आईतबारका यी गतिविधिको पर्यो प्रभाव

काठमाडौं, १७ पुस- लगातार ओह्रालो लागेको सेयर बजार परिसूचक सोमबार दोहोरो अंकले उकालो लागेको छ । लामो समयदेखि न्युन विन्दुमा पुगेको नेप्से परिसूचकले सोमवार एकै दिन ४४ दशमलव ५ अंकको वृद्धि हासिल गर्दै नेप्से १४३४ दशमलव ८० अंकमा रोकिएको छ । बजारमा देखिएको लगानी योग्य पूँजीको अभावका कारण बजारमा देखिएको प्रभावका कारण लगातार ओह्रालो लागेको नेप्से नेपाल राष्ट्र बैंकले बजारमा लगानी लगाउने सूचना जारी गरेकै भोलीपल्ट  सोमबार लगानीकर्ता उत्साहित देखिए ।


साताको पहिलो दिन आईतवार नेपाल इन्भेष्टर फोरम र बैंकरहरुबीच भएको छलफल, बैंकहरुले निक्षेप व्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई सहयोग गरेको देखिन्छ ।
बजार निकै तल आएकोले पनि सकारात्मक समाचारहरु आउदा लगानीकर्ताहरु आकर्षित भएका हुन् । 


सोमबार सबैभन्दा धेरै होटल ५ दशमलव ३३ प्रतिशत त्यस्तै माइक्रोफाइनान्स ४ दशमलव १३, वाणिज्य बैंक ३ दशमलव ५८, हाइड्रोपावर ३ दशमलव १४, विकास बैंक २ दशमलव ८५, फाइनान्स १ दशमलव ८३, ट्रेडिङ १ दशमलव ४९ उत्पादन १ दशमलव ०१ प्रतिशतले बढेको छ । अन्य उपसूचक भने ० दशमलव ११ प्रतिशतले ओरालो लागेको छ । 


 सबै भन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको दुई करोड ८८ लाख रुपैयाँको कारोबार भयो । त्यस्तै राष्ट्रिय बीमा कम्पनीका प्रमोटर शेयरधनीले ८ दशमलव ५४ प्रतिशतले कमाएका छन् भने पुर्णिमा विकास बैंकका शेयर धनीले ३ दशमलव०८ प्रतिशतले गुमाएका छन् । 

पुस १७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार