×

NMB BANK
NIC ASIA

क्यालिफोर्नियामा गाँजा सेवन र बिक्री-वितरण वैध, विश्वमा कस्तो पर्ला असर ?

पुस १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं १८ पुस -संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा नयाँ वर्ष सन् २०१८ को आगमनले एउटा  आकर्षण थपिदिएको छ । गाँजा र यस्तै अन्य वनस्पतिबाट उत्पादित वस्तुको सेवन र बिक्री-वितरण त्यहाँ वैध गरिएको छ । देशकै ठूलो जनसंख्या भएको राज्यमा यसको खेती, प्रशोधन, सेवन र बेच-बिखन अब कानूनी भएको हुनाले सन् २०१८ मै व्यापार-कारोबार ३.७ अर्ब डलर बराबरको हुने र त्यो वर्षेनी बढ्ने अनुमान गरिएको छ । ५०मध्ये २९ राज्यमा ‘औषधि’ भनेर किन्न पाइने सुविधा उपलब्ध भैसकेको हुनाले त्यहाँ ‘निर्यात’ गर्न गाह्रो भएन; जहाँ वैध छैन ती राज्यहरूमा पनि ओसारपसार रोकिने कुरो भएन । र व्यापार बढेपछि कर-दस्तूर आय पनि बढ्ने नै भयो यद्यपि संघीय कानूनले चर्चित पदार्थलाई  हेरोइन र एल्एस्‌डीकै श्रेणीमा राखी अवैध मान्दैआएको छ । 

Muktinath Bank

औषधिको रूपमा गाँजाजन्य वस्तुको सेवनको सुविधा क्यालिफोर्नियावासीले अन्य राज्याका बासिन्दाले भन्दा अगावै (सन् १९९६ मै) प्राप्त गरेका थिए र सीमित रूपमा आफ्ना घर-करेसामा गाँजाको उत्पादन गर्दैआएका थिए । सोमवारयता  त परिस्थिति निकै खुकुलो भएको छ । र, मन बहलाउनका लागि पनि साविकमा वर्जित मानिएको चीज सेवन गर्न पाइने भयो भनेर युवा समुदाय रमाएको खबर अमेरिकी प्रेसले प्राथमिकताका साथ दिइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९७० दशकमा, खासगरी अमेरिका भियतनाम युध्दमा अल्झेको कालखण्डमा, विरक्तिएका युवक-युवतीले ‘हिप्पी’ भनिने सँस्कृतिलाई अवलम्बन गर्दा गाँजा भाङ धतुरो जस्ता वस्तुको अत्यधिक सेवन गरेकोले र त्यसबाट शान्ति सुरक्षाका चुनौतीहरू समेत थपिएको थियो’ त्यसकारण ती पदार्थलाई ‘लागू औषध’को समूहमा सामेल गराई गैरकानूनी घोषित गरियो । त्यसै क्रममा अमेरिकाले आफ्नो प्रभावमा रहेका र अमेरिकी आर्थिक सहायता पाउने कतिपय देशहरूमा गाँजा, भाङ् जस्ता वनस्पतिको खेती गर्न नपाइने, भण्डारण गर्न नहुने, बिक्री-वितरण र अरु देशमा निकासी पनि गर्न नपाइने र कदाचित् गरेमा कडा सजाय हुने ऐन बनाउन लगाइयो । नेपालमा पनि त्यसैताका राजाको हुकुम अनुसार कडा कानून तर्जुमा गरियो । काठमाडौंको शहरीक्षेत्रमा रहेका पर्यटकका आकर्षण ‘ह्याशिश शप’हरू एकाएक बन्द गरिए । गाँजाखेती अवैध भयो ; पहाडी जिल्लामा झारपातको रूपमा उम्रिने वनस्पति टिपेर प्रशोधन गर्ने व्यवसाय पनि रोकिन गयो । अनि जे काम पहिले वैध थियो त्यो अवैध भएपछि कतिपय मानिस बेरोजगार भए । कालान्तरमा माओवादी विद्रोह शुरू भएका रुकुम, रोल्पा समेतका जिल्लामा गै स्थलगत अध्ययन गर्ने एक अमेरिकी विज्ञ रबर्ट गेर्सोनीले आफ्नो प्रतिवेदनमा चर्चित वनस्पतिको खेती र सङ्कलन गैरकानूनी गरिदिनाले पनि त्यस भेगमा जनअसंतुष्टि बढेको कुरा पारेका थिए । त्यो प्रतिवेदन अध्ययन गर्ने सञ्चारकर्मीहरूमध्ये कतिपयलाई विषयको हेक्का जानकारी रहेकै हुनुपर्छ ।    


Advertisment
Nabil box
Kumari
माओवादी विद्रोह शुरू भएका रुकुम, रोल्पा समेतका जिल्लामा गै स्थलगत अध्ययन गर्ने एक अमेरिकी विज्ञ रबर्ट गेर्सोनीले आफ्नो प्रतिवेदनमा चर्चित वनस्पतिको खेती र सङ्कलन गैरकानूनी गरिदिनाले पनि त्यस भेगमा जनअसंतुष्टि बढेको कुरा पारेका थिए ।

जे होस्, अचेल पश्चिमी संसारमा हिप्पी सँस्कृति हराइसक्यो । मन बहलाउने मनोरञ्जनका माध्यम धेरै भैसके । र, अमेरिकामै गाँजाखेती वैध भैसक्यो भने नेपालमा कडा कानून बहाल गराइरहनु जरुरी छैन । अन्यत्र झैं नेपालमा पनि औषधि बनाउने प्रयोजनका लागि आवश्यक वनस्पतिको खेती र व्यापार किन अवरुध्द गरिरहने ? शिवरात्रीका बखत साधु जोगीहरूले पशुपतिक्षेत्रमा गाँजा पिउँछन् र त्यसको जोहो गरिदँदा गुठी संस्थानले कार्य गैरकानूनी कार्य गरेको देखिन जान्छ । यस्तो अन्तर्विरोध किन जारी राख्ने ?

Vianet communication
Laxmi Bank

गाँजा खाएको सूरमा मानिसले जथाभावी गर्छ भन्ने हो भने यस कुरालाई मादक पदार्थ सेवन (मापसे) गरिहिंड्नेसित दाँजेर हेरे भैगयो । मात्रा नघाएर मनपरी गर्नेलाई दिने सजाय त मापसे सरहको अपराध मानेर दिए पुगिहाल्छ ।  लोकोक्ति नै छ : काँक्राको चोरलाई मुड्कीको सास्ती !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x