×

NMB BANK
NIC ASIA

वाम गठवन्धनसँग ‘डराएको’ शेयर बजार लयमा फर्किदै, के भन्छन् विश्लेषक ?

पुस १८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १८ पुस–लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । 

Muktinath Bank

विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कारोबार रकममा पनि आज केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो । 


Advertisment
Nabil box
Kumari

आज भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर रु ६३ करोड ३२ लाख २२ हजार ४१२ मूल्यमा कारोबार भएको छ । शेयर बजारको विश्लेषण गर्दै आएका जानकार नीरव पुडासैनी हिजो र आजको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गर्छन् ।  

Vianet communication
Laxmi Bank

‘सम्पूर्णरुपमा नकारात्मक प्रवृत्ति हावी भएको बजारले सकारात्मक लय पकड्न सक्छ भन्ने संकेत चाही गरेको हो । तर दुई दिनको मात्रै हिसाब गरेर राम्रो भयो भनिहाल्ने अवस्था भने रहेको छैन,’ उनी भन्छन् ।  

आज नेप्से परिसूचक दुई दशमलव ४४ बिन्दुले बढेर एक हजार ४३७ बिन्दुमा पुगेको छ । (क) वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज एक दशमलव १४ बिन्दुले बढेको छ । बजार उकालो लाग्दा पनि तीन उपसूचकबाहेक अरु सबै उपसूचक ओरालो लागेको छ । 

बैंकिङ १० दशमलव १३, व्यापार शुन्य दशमलव शुन्य आठ र अन्य समूह चार दशमलव ३४ बिन्दुले अगाडि बढ्दा होटल ५१ द्यशमलव ५८, विकास बैंक चार दशमलव शुन्य छ, जलविद्युत् २८ दशमलव ६१, फाइनान्स दुई दशमलव ५८, बीमा ६१ दशमलव ३४, उत्पादन पाँच दशमलव ८६ र माइक्रोफाइनान्स समूह आठ दशमलव २८ बिन्दुले ओरालो लागेको छ । बजार संग्लिन थालेपछि मुनाफा सुरक्षित गर्न खोज्ने प्रवृत्ति पनि हावी भएको विश्लेषकहरुको टिप्पणी छ । 

लगानीकर्ता संघले बजारमा देखिएको अन्यौलता समाधानका लागि नियमित छलफल शुरु गरेको छ । सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरेको संघले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ । 

भेटमा सहभागी संघका सदस्य केशव भण्डारीले केन्द्रीय बैंकका गभर्नरले समस्या समाधानका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिएको बताए । 

गभर्नर नेपालले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा केही सुधार गर्नुपर्ने विषय भए त्यसलाई सम्बोधन गर्नेसमेत संघका प्रतिनिधिलाई विश्वास दिलाएका थिए । 

तरलता समाधानका लागि आज मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको थियो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलताका कारण उद्योग व्यवसाय, पूँजी बजारमा समेत समस्या परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए । 

त्यसो त पूँजी बजारमा समस्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले केही सकारात्मक पहलसमेत शुरु गरेको छ । बोर्डले बजार संग्लिने भन्दै नआत्तिन र सबै खत्तम भयो भने जसरी प्रस्तुत नहुन लगानीकर्तालाई आग्रह गरेको छ । 

यस्तै शेयर कर्जालाई सहज बनाउन पनि लगानीकर्ता संघले बैंकर्स संघलाई आग्रह गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सहज बहुमत प्राप्त गरेपछि बजारमा नकारात्मक हल्ला चलेको भन्दै विश्लेषकले अतिरञ्जीत हल्ला नगर्न र बजारलाई सहजरुपमा चल्न दिनसमेत आग्रह गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x