×

NMB BANK
NIC ASIA

धनगढी, १९ पुस–कैलालीको भादा गाउँ आदिवासी थारु समुदायको कला, संस्कृति, खानपान, भेषभुषाको केन्द्र बन्ने तर्फ उन्मुख भएको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँ थारु समुदायको बसोबास संगै थारु कल्चरको केन्द्र बन्दैछ । 

Muktinath Bank

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नारायण चौधरीले थारु समुदायका हरेक वस्तुस्थिति, चालचलनको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा जुटेको बताए । ‘हामी यस्तो पहिचानको खोजीमा जुटेका छौ, हामी कहाँ थारुका कुन अवशेष छैन ? भन्ने तर्फ चासो बढाएका छौं’ उनले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वि.स. २०६८ सालमा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति विधिवत दर्ता गरी स्थानीयहरु रैथाने कला, संस्कृति, भेषभुषा र खानपानको संरक्षण तथा सम्वद्र्धनमा जुटेका हुन् । 


Advertisment
Nabil box
Kumari

भादाका स्थानीय सांस्कृतिक समूहहरु गाउँमा मात्रै सीमित नभई हाल हरेक सभा समारोहको आकर्षण समेत बनेका छन् । पूर्वराजाको सवारी देखि दलका नेता तथा कार्यकर्ताको स्वागतमा उनीहरु नै अग्रपंक्तिमा देखिन्छन । जसले गर्दा एकातर्फ कला, संस्कृतिको संरक्षण भएको छ भने अर्कोतिर संस्कृतिको पुस्ता हस्तान्तरण र व्यवसायकरण भएको बताउँछिन् भादा दक्षिण टोलस्थित सखिया नाच टोलीकी सदस्य श्यामसुन्दरी चौधरी । 
पहिले–पहिले आफुहरु गाउँमा मात्रै सीमित भएको बताउँदै उनले आजभोलि केहि पारिश्रमिक लिएर मुलुकको विभिन्न ठाउँमा समेत कला प्रदर्शन गर्दै आएको जानकारी दिइन् । 

Vianet communication
Laxmi Bank

स्थानीयहरु विभिन्न टोली बनाएर, सखिया नाच, झुम्रा नाच, मघौटा नाच, लाठी नाच प्रदर्शन संगै मागर, ढमार, बर्कीमारलगायत लोक लयको भाका समेत प्रस्तुत गर्दै आएका छन् । 

परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी,मुख्य आकर्षण


आफुहरुको अभियानमा थप बल मिलोस भन्ने उदेश्यका साथ स्थानीयहरु हरेक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव पनि आयोजना गर्दै आएका छन् । पुस १९ देखि २३ गतेसम्म तय गरेका छन् । 

धनगढी उपमहानगरपालिका–१६ का वडा अध्यक्ष समेत रहेका समितिका संयोजक चौधरीले महोत्सवको सबै तयारी पूरा भएको बताउँदै निर्धारित समयमा महोत्सव सुरु हुने जनाए ।

महोत्सवको विशेषतावारे जानकारी गराउदै संयोजक चौधरीले भने–‘हरेक दिन रैथाने सांस्कृतिक झाँकीको रुपमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा, सजना, मैना, ढमार, बर्कीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुती रहनेछ । साथै आधुनिक थारु नाचगान, राना थारु, कठरिया थारुको नाचगान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहन्छ’ उनले भने । 

त्यस्तै, परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी, निघारलगायत रहने आयोजकले जनाएको छ ।
पछिल्लो समय उक्त भादा होमस्टेले अन्तरिक तथा वाहृय पर्यटक भित्र्याउन पनि सफल भएको छ । होमस्टे अवलोकनको लागि वार्षिक करिब पाँच हजार आन्तरिक पर्यटक संगै जर्मनी, अमेरिका, जापान, थाइलेण्ड, नर्बे, क्रिगिक्रिस्तानलगायत मुलुकका पर्यटक आउने गरेको समितिका कोषाध्यक्ष पदम चौधरीले जानकारी दिए । 

पर्यटकहरुलाई लक्षित गरी १९ घरमा होमस्टेको व्यवस्था गरेको बताउदै उनले होमस्टेमा चाहे अनुसारको खानपान, बसोबास, मनोरञ्जनको व्यवस्था रहेको बताए  । भादा गाउँ धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x