माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
मिन्हाज मर्चेन्ट (डेलीओ डट् इन)
काठमाडौं, १९ पुस — पश्चिममा ध्वंस शुरु भइसकेको छ । पत्रिकाहरू धमाधम बन्द भइरहेका छन् अनि डिजिटल माध्यममा गइरहेका छन् । द न्यु योर्क टाइम्सले पत्रकारहरूको संख्या घटाएको र डिजिटल न्युजरूमलाई बलियो बनाएको छ ।
ब्रोडकास्ट टेलिभिजन अर्को शिकार हुनसक्छ । सन् २००० पछि जन्मेका मानिस टेलिभिजन खासै हेर्दैनन् । उनीहरू सामाजिक सञ्जाल र न्युज वेबसाइटहरूबाट ताजा समाचार तत्कालै पाउँछन् । भारतमा समाचार टीभी च्यानलको स्थिति नाजुक छ । अंग्रेजी समाचार च्यानलहरूले डिजिटल अतिक्रमणको सामना गर्नुपरेको छ । ६ वटा प्रमुख अंग्रेजी समाचार च्यानलको संयुक्त साप्ताहिक दर्शकसंख्या जम्मा २० लाख छ ।
त्यो भनेको हिन्दी समाचार च्यानलको पहुँचको जम्मा १ प्रतिशत हो । अंग्रेजी समाचार च्यानलहरू प्रायः जसो शहरका सम्भ्रान्तहरूका लागि हुन् तर सम्भ्रान्तहरू पछिल्लो डिजिटल प्रविधिमा पहुँच राख्छन् । उनीहरू टीभी समाचारबाट डिजिटल स्रोतका समाचारतिर मोडिइसकेका छन् ।
टेलिभिजन अब अभिलेखको दोस्रो माध्यमका रूपमा रहने युगमा हामी शीघ्रताका साथ प्रवेश गरिरहेका छौं । पत्रिकाहरू त अहिले नै त्यस्तो दोस्रो दर्जाको भूमिकामा छन् । डिजिटल माध्यमहरू समाचार र मनोरञ्जनका प्राथमिक स्रोत बनिसकेका छन् ।
भारतमा डिजिटल विज्ञापन दिन दुईगुणा रात चारगुणा बढिरहेको छ । सन् २००७ मा समग्र डिजिटल विज्ञापन जम्मा ४०० करोड भारुमा सीमित थियो । सन् २०१६ मा आइपुग्दा डिजिटल विज्ञापन १९ गुणा बढेर सात हजार सात सय करोड भारु पुगिसकेको छ ।
स्टाटिस्टा डट् कमका अनुसार, सन् २०२१ मा डिजिटल मिडियाको कमाइ थप चारगुणा बढेर २९ हजार ५०० करोड रुपैयाँमा पुग्नेछ । अहिले टीभीको विज्ञापनमा यति पैसा नै खर्च हुने गरेको छ ।
पश्चिममा समाचार वेबसाइटहरूले गूगल र फेसबूकको प्रभुत्वको समस्या भोगिरहेका छन् ।
यी दुई ठूला कम्पनीहरूले डिजिटल विज्ञापनको ६६ प्रतिशत भाग ओगट्छन् अनि बाँकी भागमा अन्लाइन समाचार पोर्टल र पत्रिका तथा ब्रोडकास्टहरूको डिजिटल विभागले लुछाचुँडी गर्छन् ।
यो समस्याबाट मुक्ति पाउनका लागि बलियो डिजिटल विषयवस्तुसहितका पत्रिकाले पूर्ण वा आंशिक पे फायरवाल (पाठकबाट पैसा लिने) व्यवस्था गर्नुपर्छ । बेलायतमा रुपर्ट मर्डोकको द टाइम्स र द सन्डे टाइम्स आफ्नो डिजिटल प्रोपर्टीमा पे फायरवाल लगाउने पहिलो सञ्चारमाध्यम थिए । अन्य कैयौंले उनीहरूलाई पछ्याएका छन् ।
अमेरिकामा द वाल स्ट्रीट जर्नल र द न्यु योर्क टाइम्सले डिजिटल सब्स्क्राइबर मोडल (विद्युतीय सशुल्क ग्राहक नमूना) सफलतापूर्वक निर्माण गरेका छन् । न्यु योर्क टाइम्ससँग अहिले छापाका ग्राहक (प्रिन्ट सब्स्क्राइबर) भन्दा बढी डिजिटल सब्स्क्राइबर छन् (२५ लाख) ।
पत्रिकाको डिजिटल विज्ञापनबाट कमाइ सन् २०१७ को सेप्टेम्बर ३० मा अन्त्य भएको चौमासिकमा ४७ प्रतिशत बढेर ८ करोड ६० लाख डलर पुग्यो जबकि त्यही चौमासिकमा छापाको विज्ञापन ६ करोड ४० लाख रह्यो । छापाको विज्ञापनबाट कमाइ अघिल्लो चौमासिकभन्दा २० प्रतिशतले घट्यो ।
भारतमा पे वाल (पैसा तिरेर मात्र डिजिटल कन्टेन्ट हेर्ने व्यवस्था) र डिजिटल ग्राहक अझै प्रचलनमा छैनन् । इन्टरनेट प्रयोगकर्ताहरूले यति धेरै निःशुल्क विषयवस्तु पाएका छन् कि डिजिटल सब्स्क्रिप्सन गराउनु मुश्किल कुरा हो । स्वराज्य र इकोनोमिक एन्ड पोलिटिकल वीक्ली जस्ता गैरसमाचार प्रकाशनहरूले सशुल्क पठन नमूना अपनाएका छन् । डिजिटल प्रकाशनको भविष्य नै सशुल्क पठन र विज्ञापनमा निहित छ ।
अर्थशास्त्रभन्दा पर गएर हेर्दा ब्रोडकास्टिङ र प्रिन्ट मिडियाको तुलनात्मक पतनको सामाजिक र राजनीतिक अर्थ छ । प्रायः समाचारहरू डिजिटल माध्यममा ब्रेक हुन्छन् । टेलिभिजनले त्यो समाचारलाई केही घन्टापछि ग्रहण गर्छ र पत्रिकाले त्यसलाई भोलिपल्ट प्रकाशित गर्छन् । त्यसैले छापाको म्याद अब गुज्रिएको छ : समाचार भनेको क्षणभंगुर विषय हो ।
सर्वसाधारणका लागि डिजिटलतर्फको तीव्र यात्रा ईश्वरको वरदान नै हो । उनीहरू समाचारमाथि तत्कालै प्रतिक्रिया जनाउन सक्छन् किनकि डिजिटल माध्यमहरूले दुईतर्फी संवादको अवसर दिन्छन् । सम्पादक र लेखकहरूलाई पाठकले सम्बोधन गरिरहेका हुन्छन् जसकारण उनीहरू पनि जवाफदेही हुन्छन् । सम्पादकले आफूलाई अर्कै ग्रहको प्राणी हुँ भनेजसरी घमण्ड पाल्न सक्ने स्थिति छैन ।
अहिलेसम्म समाचार र मनोरञ्जनको निष्क्रिय भोक्ताका रूपमा रहेका पाठक र दर्शकहरू आफैं समाचारनिर्माता हुन थालेका छन् । उदाहरणका लागि युट्युबमा प्रत्येक मिनेट २४ हजारवटा नयाँ भिडियोहरू अप्लोड भइरहेका हुन्छन् । यसले अन्लाइन व्यवसायीहरूको एउटा ब्रह्माण्ड नै सिर्जना गरेको छ जसमा कमेडी गर्ने र खाना बनाउनेदेखि यात्रा र फेशनका बारेमा टिप्स दिनेहरूसम्म अटाएका छन् ।
डिजिटल सञ्चारमाध्यमको सबभन्दा ठूलो समस्या भनेको अन्लाइन दुर्व्यवहार र गलत समाचार (फेक न्युज) हो । वेबसाइटहरू प्रायः झुटा समाचार जन्माउनका लागि बनाइएका हुन्छन् र तिनीहरू नै आल्गोरिदमका आधारमा फेसबूक र गूगलमा देखिन आउँछन् । समाचार एकै ठाउँमा भेला पार्ने (न्युज एग्रिगेटर) सबभन्दा ठूला माध्यम यी दुई नै हुन् ।
दुवैले हालै फेक न्युज हटाउनका लागि विशेष सफ्टवेयर बनाएका छन् तर त्यसले खासै सफलता पाएन । सम्पादकीय फिल्टरको अभावमा झुटा पाठ र भिडियोहरूले न्युज एग्रिगेटरमा कब्जा जमाउँछन् ।
विभिन्न समस्या भएपनि डिजिटल सञ्चारमाध्यमकै भविष्य छ । त्यसको अर्थ हामीले थाहा पाइराखेको छापा र ब्रोडकास्ट सञ्चारमाध्यमको अन्त्य भन्ने लाग्दैन । अमेरिकामा सन् १९६० मा टीभीले रेडियोलाई विस्थापित नगरेजस्तै (रेडियोको स्थान बलियो छ), डिजिटलले टीभी र छापालाई पूरै सिध्याइदिन्छ भन्ने होइन ।
तर यसले तिनीहरूलाई समाचार र मनोरञ्जनको पहिलो तथा प्रमुख स्रोतका रूपमा विस्थापित गर्नेछ । हटस्टार, नेटफ्लिक्स र अमेजन प्राइम डिजिटल आइसबर्गका टुप्पा मात्र हुन् ।
भावानुवाद : विन्देश दहाल
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...