×

NMB BANK
NIC ASIA

माहुरीको भरमा ‘पहिचान जोगाउँदै’ हायू, कमारा बस्ने जातिको फेरिँदो जीवनशैली (भिडियो रिपोट)

पुस १९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

Muktinath Bank

रामेछाप, १९ पुस–  रामेछाप सदरमुकाम मन्थलीबाट १६ किलोमिटर पश्चिम हिँडेपछि पुगिन्छ, ग्वादी गाउँ । रामेछाप नगरपालिकाको ४ नम्बर वडामा पर्ने यो गाउँको कुनै विशिष्ट पहिचान त छैन । तर यहाँ बसोबास गर्ने ‘हायु’ समूदायका व्यक्ति भने आफ्नो पहिचान नै मेटिने हो कि भन्ने चिन्तामा छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशभर २ हजार ९ सयको संख्यामा रहेका ‘हायु’ समूदायका मानिसको मुख्य पेषा साहुको ‘नोकरी’ गरेर गुजारा चलाउनु हो । तराई क्षेत्रमा थारु समुदायका व्यक्ति साहुको घरमा ‘कमैया’ बसेजस्तै रामेछापलगायत पहाडी क्षेत्रमा ‘हायु’ समुदायका पुरुष ‘कमारा’ बस्छन् । 


Advertisment
Nabil box
Kumari

‘हायु’ जातिका व्यक्तिहरु आफ्नो पूर्खाको विकास रामेछापको सिकाजोल भन्ने ठाउँबाट भएको मान्छन् । अहिले यो समुदायका मानिस काभ्रे, सिन्धुली, रामेछाप, सर्लाही, महोत्तरी लगायत जिल्लामा पनि फैलिएका छन् ।  

Vianet communication
Laxmi Bank

रामेछापको ग्वादी गाउँमा करिव १ हजार ७ सयको हाराहारीमा यो जातिका मानिसको बसोबास छ । अरुको घरमा काम गरेर जीविका चलाउने यो समुदायका मानिसको आर्थिक अवस्था दयनिय छ । 

 

अहिले भने शिक्षा मन्त्रालय र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) संयुक्त पहलमा ‘हायु’का बालबालिकाहरु विद्यालय जान थालेका छन् । 

युएनडिपीसँगको सहकार्यमा नेपाल सरकारले सञ्चालन गरेको ‘मेडेप’ नामक परियोजनाले हायु समुदायका व्यक्तिका लागि आम्दानीमूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ । हालै मात्रै १५ दिने व्यवसायिक मौरीपालन तालिम सञ्चालन गरिएको परियोजनाका संयोजक भुमी भण्डारीले जानकारी दिए । 

उक्त तालिमबाट हायु समुदायका ८० घर लाभान्वित भएका छन् । उनीहरुलाई प्रतिव्यक्ति २ का दरले मौरीका घार समेत उपलब्ध गराइएको कार्यक्रम संयोजक भण्डारीले बताए । 

हायु समुदायमा औषधिको रुपमा लिइने चिउरीको मह उत्पादन गर्न विशेष जोड दिइएको छ । ‘ग्वादी माहुरी कृषि लघुउद्यमी समूह’मा आवद्ध भएर चिउरीको मह उत्पादन गर्दै आएका हायु समुदायका व्यक्तिले राजधानी काठमाडौंसम्म आफ्नो उत्पादन पुर्याउँछन् । 

हायु समुदायले उत्पादन गर्ने महका लागि काठमाडौंको  गण्डकी बी कन्र्सनले बजार व्यवस्थापन गर्दै आएको छ । त्यहाँ उत्पादित मह गण्डकी बीले एकमुस्ट रुपमा प्रतिकिलो ७०० रुपैयाँ दरले खरिद गर्छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x