पछिल्ला २ दिन सुधारिएको शेयर बजारमा दोहारो अंकको गिरावट

काठमाडौं, १९ पुस– पछिल्ला २ दिन लगातार उकालो लागेको सेयर बजार बुधबार फेरी दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार परिसूचक नेप्से २० दशमलव ६३ अंकले घटेर १४१६ दशमलव ६१ अंकमा झरेर रोकिएको हो । बुधबार कारोबार मापक सूचक संगै कारोबार रकम समेत घटेको छ ।
पछिल्लो २ साता लगातार आरोलो लाग्दै १० दिनसम्मको कारोबार दिनमा सेयर बजार १ सय २९ अंकले घटेको थियो । पछिल्लो दुई दिन सोमबार ४४ अंक र मंगलबार २ अंक गरि ४६ अंकको सुधार भएको थियो । तर बुधबार पून नेप्से दोहोरो अंकले घटेको छ ।
बुधबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव ३९ अंकले घटेर २९८ दशमलव ०७ अंकमा झरेको छ । कारोबारमा आएका सबै उपसूचक घटेका छन् । बैंक १ दशमलव ३१, ट्रेडिङ ० दशमलव ६९, होटल १ दशमलव ३६, विकास बैंक १ दशमलव ०६, जलाबिद्युत १ दशमलव ३४, फाइनान्स ० दशमलव ६५, बीमा १ दशमलव ८२, उत्पादनमुलक ० दशमलव ०६, अन्य २ दशमलव ४९, लघुवित्त १ दशमलव ५३ प्रतिशतले घटेका छन् ।
बुधबार कारोबारको सुरुवाती एक घण्टा सामान्य देखिएको बजार दोस्रो घण्टा देखि ओरालो लागेको हो। कारोबारको अन्तिम आधा घण्टा सम्म २२ अंक घटेको बजारमा त्यसपछि दुई अंक सुधार हुँदै बन्द भएको छ ।
बुधबार १५५ कम्पनीका आठ लाख ९० हजार कित्ता शेयर ४४ करोड ५५ लाख रुपैयाँमा कारोबार भयो। कारोबार रकम मंगलबारको तुलनामा १९ करोड कम हो । मंगलबार ६३ करोड रुपैयाँको कारोबार भएको थियो । बुधबार सबैभन्दा बढी नेपाल टेलिकमको चार करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार मल्टी प्रपोज फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत कमाए । महिला सहयात्रा फाइनान्सका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत गुमाए ।
पुस १९, २०७४ मा प्रकाशितथप समाचार
ताजा समाचार
- नेविसंघलाई दिए सभापति देउवाले यस्तो निर्देशन
- तीन दिनभित्र कर्मचारीको विवरण पठाउन सबै स्थानीय तह निर्देशन
- २०० महिला बेचेको आरोप लागेका वडा अध्यक्ष सुनबहादुर तामाङलाई रिहा गर्न आदेश
- परिचालित होइन स्वचालित हुन गृहमन्त्री बादलको निर्देशन
- तीनधारामा लुकेर बसेका थिए मनाङे, श्रीमतीको मोबाइल नम्बरले प्रहरीलाई सजिलो
अन्तर्वार्ता
रारा आउने पर्यटकलाई अर्ग्यानिक खाना, जनताको घरमा बास : मन्त्री ज्वाला [अन्तर्वार्ता] पूरा पढ्नुहोस
ओलीजीलाई भरोसा गरेका हौं, उहाँले पनि व्यवहारमा देखाउनुपर्यो नि ! : राजेन्द्र महतो [अन्तर्वार्ता] पूरा पढ्नुहोस
जनकपुर आएका भारतीय प्रधानमन्त्रीका भाइ भन्छन्- 'नेपाल-भारत अलग हुनै सक्दैनन्' [अन्तर्वार्ता] पूरा पढ्नुहोस
प्रतिक्रिया दिनुहोस