×

NMB BANK
NIC ASIA

अमेरिकामा यसरी जमे नेपालका गौरव

पुस २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २० पुस–नेपालका गौरव सिटौला अमेरिकामा गीतसङ्गीत क्षेत्रमा जमेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

उनी आफैँ गीत लेख्छन् र अमेरिकाका ठूलाठूला स्टेजमा प्रस्तुत गर्छन् । तीस नकटेका यी हाँडीगाउँले केटा नेपालका अल्का स्कुल विशालनगर, वृहस्पति विद्या सदन नक्साल र वाग्मती बोर्डिङ स्कुल सुकेधारामा छँदै गीतसङ्गीतमा भाग लिन्थे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सानैमा नेपाली गीतसङ्गीतमा रुचि लिने सिटौलाले रक एण्ड रोलसँग आफ्नै दिदीहरु सञ्जिता र मञ्जिताबाट परिचित भए । ‘गन्स एण्ड रोजेज’को क्यासेट टेप सुनेर उनको जीवनले मोड लियो । एक पल्ट एउटा कन्सर्टमा ‘गन्स एण्ड रोजेज’का गीत सुनेका चौध वर्षीय सिटौला त्यसपछि गिटार लिएर हिँड्न थाले। 


Advertisment
Nabil box
Kumari

“म आफूले मन परेको गीत सुन्नेबित्तिकै गिटारका कर्डमा ट्युन दिन सक्छु,” हाल ‘रब’ सिटौला बनेका गौरव भन्छन् । गिटार बोक्न शुरु गरेकै बेला उनी गीत लेख्न सक्ने भइसकेका थिए । उनले शुरुमा गाएको पहिलो गीत ‘विश्वास’ शीर्षकको थियो । त्यही ‘विश्वास’ले उनी विद्यालय, छिमेकी, साथी र शिक्षकहरुबीच परिचित र प्रशंसित भए र विभिन्न ब्यान्डबाट निमन्त्रणा पाउन थाले । उनले ‘हेभी ड्युटी’ ब्यान्डमार्फत सन् २००६ को ‘काठमाडौँ उत्सव’ र एनटिभी मेट्रो २ मा आफ्नो प्रस्तुति दिन पाए । अहिले उनी एक्लै अमेरिकामा ‘स्किनी इज ग्रिन’ ब्यान्ड चलाउने भइसकेका छन् । 

Vianet communication
Laxmi Bank

नेपालको जेभियर एकेडेमीबाट दश जोड दुई सकेपछि उनले ‘द इलेभेन्थ आवर’ ब्याण्ड स्थापना गरे र साथीहरुसँग मिलेर एकैचौटि गीतलेखन, गायन र सङ्गीतमा संलग्न भए । सन् २००७ मा सो ब्यान्डले एउटा एलबम पनि निकाल्यो । त्यस्तै दुई म्युजिक भिडिओ ‘उज्यालो हेर्ने सपना’ र ‘ऐनाको प्रश्न’ पनि उनले बनाए जुन थुप्रै टिभी च्यानलमा प्रसारण भयो । 
साथीहरु धेरैजसो पढ्नका लागि विदेश लागेपछि त्यो ब्यान्ड विघटन भयो । रबले भने सन् २००७ डिसेम्बरमा अमेरिका लागे पनि आफ्नो सपना र विश्वासलाई मर्न दिएनन् । रब विस्तारै युट्युबमार्फत अमेरिकामा फिँजिन लागे । उनले सन् २०१२ तिर गीत लेखन कक्षा पनि लिए र अघि बढ्दै गए । 

‘स्किनी इज ग्रिन’ ९२०१३० मार्फत नै अहिले उनी संगीत क्षेत्रमा लागिरहेका छन् । यसमार्फत उनले दुई एल्बम ‘ड्रिमर्स’९२०१५० र ‘हु इज वाचिङ’९२०१६० निकालेका छन् । हाल मेरिल्याण्ड निवासी रब टेक्सास युनिभर्सिटीमा चलचित्रबारे पढ्दैछन् । “ मैले मेरा गीत राखेर चलचित्र बनाउने योजना बनाएको छु”, सच्चिनानन्द सिटौला र मीनु सिटौलाका एक मात्र पुत्रले रासससँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x