सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

पुस २१, २०७४

काठमाडौं, २१ पुस- सगरमाथा इन्स्योरेन्स कम्पनी लि। को आर्थिक वर्ष २०७३÷२०७४ को २१औंंंं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा शूक्रवारका दिन आम्रपाली बैङ्क्वेट भाटभटेनी, काठमाडौं साधारणसभा सम्पन्न भएको हो । 


सभामा प्रस्तुत बार्षिक प्रतिवेदनअनुसार  कम्पनीले गत आर्थिक वर्षमा अ३िल्लो आर्थिक वर्षकोे तूलनामा २६ दशमलव ७० प्रतिशतले व्यवसाय वृद्धि भएको छ । संस्थाले गत आवमा १ अरब ४० करोड ९० लाख ८५ हजार प्रिमियम आर्जन गरी खुद मूनाफा २७ करोड ६२ बृद्ध गर्न सफल भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT


चालु आ।ब पुस २० गते सम्म कम्पनिले ८१ करोड ८८ लाख वीमा प्रिमियम संकल भईसकेकोले लक्षित प्रिमियम हासिल गर्न सफल हुने अध्यक्ष मानन्धरले बताए । कम्पनीको कूल लगानी १ सय ३० करोड भन्दा बढी रहेको छ भने कम्पनीको हालको चूक्ता पुंजी ५३ करोड ८३ लाख रहेको छ ।

पुस २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार