पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नहुने

पुस २१, २०७४

काठमाडौँ, २१ पुस - नेपाल आयल निगमले ‘अन्तर्राष्ट्रिय मापदण्डका आधारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले’ फिर्ता नहुने जनाएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा निगमका प्रवक्ता दीपक बरालले निगम मासिक रु २६ करोड घाटामा गएको बताउँदै २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको स्पष्ट परे । उनले  सरकारले जनतालाई मार नपर्ने गरी मूल्य बढाएको र तत्काल मूल्यवृद्धि फिर्ता लिएर समस्या समाधान नहुने धारणा राखे । 

सो अवसरमा ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगीका माग सम्बोधन गरिनुपर्नेमा जोड दिए  । उपभोक्ता हित संरक्षण समितिका सचिव विष्णुप्रसाद तिमिल्सिनाले साधारण उपभोक्ता र व्यवसाय उपभोक्तालाई फरक फरक मूल्य निर्धारण गर्नुपर्ने सुझाव दिए । यही पुस १७ गते बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको थियो । 

पुस २१, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार