म्यानचेस्टर युनाइटेड एफए कपको चौंथो चरण प्रवेश

पुस २२, २०७४

काठमाडौं, २२ पुस– एफए कप फुटबलअन्र्तगत गएराति भएको तेस्रो चरणको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड विजयी भएको छ । योसँगै म्यानचेस्टर चौंथो चरणमा प्रवेश गरेको छ । 

घरेलु मैदानमा भएको खेलमा डर्बी काउन्टीलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले अघिल्लो चरणमा स्थान पक्का गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा जेसी लिङ्गार्ड र रामेलु लुकाकुले गोल गरे । 

खेलको अन्तिम समयसम्म अघिल्लो चरण प्रवेशका लागि रि–प्ले म्याच हुने देखिएको भए पनि अन्तिम ६ मिनेटमा युनाइटेड नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
 

पुस २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस