शिवम् सिमेन्टको कार्यक्रममा सुनिल ग्रोबरदेखि  स्वस्तिमा खड्कासम्मको प्रस्तुति

पुस २२, २०७४

काठमाडौं, २२ पुस–हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । 
 काठमाडौंको सोल्टी होटेलमा शुक्रबार  सम्पन्न उक्त समारोहमार्फत शिवम् सिमेन्टले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई  विभिन्न विधाका अवार्डबाट सम्मानित समेत गर्यो ।

 
 
समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकप्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय चर्चित हास्यवंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो । 
 समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोएल ले आफ्ना सम्पूर्ण बिक्रेतातथा डिलर साथीहरुलाई अझ मेहेनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै नं. १ सिमेन्ट बनाउनका लागि आग्रह गरे भने कार्यक्रमका नेश्नल डाईमण्ड अवार्ड विजेतासोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताए । 


 

पुस २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार