फिलिप कोटिन्हो अब बार्सिलोनाबाट खेल्ने

पुस २३, २०७४

काठमाडौं, २३ पुस– लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्होलाई बार्सिलोनाले अहिलेसम्मकै धेरै रकममा अनुबन्धित गर्ने भएको छ । साढे ५ बर्षे अवधिका लागि उनी अनुबन्धित हुन लागेका हुन् । 

उनको ट्रान्सफर १४ करोड २० लाख पाउण्डमा हुने तय भएको बताइएको छ । ब्राजिलका २५ बर्षिय कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।

बार्सिलोनाबाट खेलिरहेका नेइमार फ्रान्स क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका थिए । नेइमारको स्थानमा आउन लागेका कोउटिन्होलाई बार्सिलोनाले यो रकममा अनुबन्ध गर्न लागेको हो ।
 

पुस २३, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार