×

NMB BANK
NIC ASIA

पानीले घटायो व्यापार, पलायन हुन थाले व्यवसायी

पुस २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी, २३ पुस- खानेपानीको अभावमा बैतडीमा होटल व्यवसाय संकटमा परेको छ । महाकाली राजमार्ग र दशरथचन्द राजमार्गको मुख्य व्यापारिक केन्द्रका रुपमा परिचित रहेको सतबाँझ बजारका होटल व्यवसायीले पानीको अभाव झेलीरहेका छन् । 

विसं २०६७ मा निर्माण सम्पन्न भएको खानेपानी आयोजना एक वर्ष नबित्दै बिग्रिएपछि पानीको हाहाकार भएको हो । योजना बनेको वर्ष दिनमै बिग्रिएपछि सतबाँभmमा रहेका एक दर्जन बढी होटल र दुई दर्जन बढी घरपरिवार समस्यामा परेका छन् । 

बैतडी दार्चुलाको मुख्य केन्द्र रहेको सुर्नया गाउँपालिका–२ मा रहेको सतबाँझ बजारमा दिनहुँ दजनौँ सवारीसाधन र सयौँ यात्रु आवतजावत गर्ने भए पनि खानेपानीको अभावका कारण सास्ती खेप्दै आएका छन् । खानेपानीको अभाव हुँदा सतबाँझका होटल व्यवसायी पलायन हुन थालेका छन् । गाडीमा अन्यत्रबाट पानी ल्याएर व्यवसाय गर्नुपरेको होटल सञ्चालकको भनाइ रहेको छ । १० वर्षदेखि होटल सञ्चालन गरेको बताउँदै पानीकै समस्याले विस्थापित हुने अवस्था आएको हिमानी होटल एण्ड लजका सञ्चालक भानसिंह बोहराको भनाइ रहेको छ । पानी अभावमा यात्रु पनि उत्तिकै सास्ती खेप्दै आएका छन् उहाँले भन्नुभयो “पानी बोक्नकै लागि एक जना भरिया राखेका छौं, पिउनसम्म पानी अभाव हुन थालेपछि होटलमा ग्राहक राख्न छाडिएको छ ।” 

होटल व्यवसायीले चर्को मूल्य तिरेर गाडी तथा भरियाबाट पानी बोक्न बाध्य भएका छन् । सतबाँझ बजारमा हिउँदको महिनामा मात्रै नभएर बाह्रै महिना पानीको अभावमा रहेको पाइन्छ । गाडीबाट पानी ल्यायो भने सात किलोमिटर टाढा सितुनबाट ल्यानुपर्ने र भरियाले बोकायो भने दुई घण्टा टाढा चिल्लेपानीबाट ल्याउनुपर्ने बाध्यता रहेको पाण्डेय होटलका सञ्चालक दीपेन्द्र पाण्डेयले बताउनुभयो । 


पानीकै अभावमा राजमार्गमा चल्ने गाडी पनि जिल्लाका अन्य बजारमा गएर रोक्ने गरेका छन् । एसियाली विकास बैंकको सहयोगमा सामुदायिक खानेपानीले सतबाँझमा विस २०६७ मा बैतडी जिल्लामै पहिलो पटक पम्प प्रणालीबाट खानेपानी सञ्चालनमा आएको थियो । लाखौँ रुपैयाँ खर्च गरेर २५ केभी क्षमताको मोटर लगाएर ८०० मिटर तल कटमोली खोलाबाट पम्पिङ गरेर ल्याएको उक्त आयोजना एक वर्ष नबित्दै बिग्रिदा समस्या भएको हो । 

उपभोक्ता समितिले आर्थिक स्रोत नहँुदा बिग्रिएको छ वर्ष बितिसक्दासमेत नसकिएको जनाएको छ । सुर्नया गाउँपालिकाको वडा नं २ मा रहेको सतबाँझ बजारमा पानी समस्या रहेको बताउँदै समाधानका लागि वडा तथा गाउँपालिकाबाट सक्दो सहयोग गरिने वडाध्यक्ष हर्कबहादुर पाण्डेयले बताउनुभयो । सुर्नया गाउँपालिकाको सदरमुकामका रुपमा रहेको सतबाँझमा पानीको अभाव हुनु दुःखको कुरा हो उहाँले भन्नुभयो “बनाएका योजनाको संरक्षण र प्रवद्र्धन हुन नसक्दा यस्तो समस्या आएको हो” 
जिल्लाको दोगडाकेदार, पाटन, मेलौलीलगायतका क्षेत्रमा पनि हिउँद शुरु भएसँगै खानेपानीको समस्या बढेको स्थानीय बासिन्दाले बताएका छन् । पुरानो मुहानमा पानी घट्दै जानु र जनसंख्या बढ्नु अभावको मुख्य कारण बनेको हो । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x