×

NMB BANK
NIC ASIA

भलिबलको उपाधि छन्त्याल र दर्शनलाई

पुस २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ, २३ पुस- बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । 

शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै छन्त्यालले जित निकालेको हो । जितसँगै छन्त्यालले ट्रफीसहित नगद पुरस्कार रु एक लाख एक हजार १११ प्राप्त गर्‍यो  भने उपविजेता पश्चिमाञ्चल भलिबल संघले ट्रफीसहित नगद रु ५५ हजार ५५५ हात पारेको छ । 

क्षेत्रीय खेलाडी रहेको पश्चिमाञ्चल भलिबल संघ प्रतियोगिताको सशक्त टिम मानिएपछि फाइनलमा नमिठो हार व्यहोरेको छ । प्रतियोगितामा गलकोट नगरपालिकालाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाएको २३ नं बाहिनी बागलुङले ट्रफीसहित नगद रु २० हजार ५५५ प्राप्त गरेको छ । 

यस्तै महोत्सवको अर्को आकर्षण खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि दर्शन ट्रान्सपोर्ट बागलुङले हात पारेको छ । फाइनल खेलमा नेपाल खेलकुद महासंघ बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै दर्शनले जित प्राप्त गरेको हो । 

जितसँगै दर्शनले ट्रफीसहित नगद रु ७४ हजार ४४ प्राप्त गर्‍यो भने उपविजेता खेलकुद महासंघले ट्रफीसहित नगद रु ३० हजार ५५५ हात पार्‍यो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको दर्शनमा मञ्जु गुरुङ, रमिला तण्डुकार, कृपा अधिकारी, अरुणा शाही ठकुरीलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै, उपविजेतामा चित्त बुझाएको खेलकुद महासंघमा सशत्र प्रहरीकी निशाना बडाललगायत जावलाखेल भलिबल तालीम केन्द्रका खेलाडी थिए । 

प्रतियोगितामा गलकोट नगरपालिकालाई हराउँदै तृतीय स्थान ओगटेको वाइसियल बागलुङले ट्रफीसहित नगद रु २० हजार ५५५ प्राप्त गरेको छ । विजेता समूह दर्शन ट्रान्सपोर्टकी स्पाइकर रमिला तण्डुकार प्रतियोगिताको उत्कृष्ट खेलाडी हुँदै नगद रु पाँच हजार प्राप्त गर्नुभयो । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा यही पुस १४ गतेबाट शुरु भएको महोत्सव आजसम्म चल्नेछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x