×

NMB BANK
NIC ASIA

श्रीपञ्चमीका अवसरमा संस्कृत भाषाको नाटक ‘तमसो मा ज्योतिर्गमय’देखाइने

पुस २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २३ पुस -पछिल्लो समय रंगमञ्चमा नेपाली नाटक देखाउने क्रम बढेसँगै पहिलो पटक संस्कृत नाटक प्रदर्शन गरिने भएको छ । 

नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको भने यो पहिलो अवसर हो । श्रीपञ्चमीका अवसरमा श्रीकान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का विद्यार्थीले ‘तमसो ज्योतिर्गमय’ अर्थात् ‘मलाई अन्धकारबाट उज्यालोतिर लैजाऊ’ शीर्षक नाटक प्रदर्शन गर्न लागेका हुन् । गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक प्रदर्शन गर्न लागिएको हो । 

नाटक आगामी माघ ७, ८ र ९ गते सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सहप्रा डा श्रीराम अधिकारीले जानकारी दिनुभयो । गुरुकुलले यसअघि २०७१ साल चैतमा वाल्मीकि विद्यापीठमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो । नाटकमा दर्शकको सहभागिता बढेपछि पहिलो पटक नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको हो । 

नाटक त्रिवि संस्कृत अध्ययन संस्थानका पूर्वडिन स्व तोयनाथ पाण्डेयले लेख्नुभएको हो । नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गर्नुभएका डा घनश्याम खतिवडाले गर्नुभएको छ । नाटक अपराह्न ४ देखि ६ बजेसम्म प्रस्तुत गरिनेछ । माघ ८ गते श्रीपञ्चमीका दिन भने विद्यार्थीका लागि अतिरिक्त अपराह्न १ देखि ३ बजेसम्म पनि नाटक प्रदर्शन गरिनेछ । रासस

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x