×

NMB BANK
NIC ASIA

फेरि झुक्यायो एयर एशियाले, अन्तिम दिनमा २ करोडको खाली चेक

पुस २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २३ पुस– मलेसियन वायुसेवा कम्पनी एयर एसिया एक्सको नेपालका लागि आधिकारिक टिकेटिङ कम्पनी इन्सेन्टिभ ग्रुपले  पाएको अल्टिमेटमभित्र पनि बक्यौता रकम तिर्न सकेको छैन ।

Muktinath Bank

ग्रुपले  विभिन्न शुल्क बापत त्रिभुवन विमानस्थललाई २३ करोड रकम बुझाउन बाँकी छ । तर,  अन्तिम समयमा आएर ग्रुपले आइतबार अपरान्ह २ करोडको खाली चेक नेपाल नागरिक उड्यन प्राधिकरणलाई बुझाएको खुलेको छ । 
 आइतबार ग्रुपका अध्यक्ष हरिभान लामाले २ करोडको खाली चेक दिएर सोमबार मात्रै  रकम खातामा जम्मा गर्ने बचन दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणका प्रवक्ता वीरेन्द्र प्रसाद श्रेष्ठले   लामाले आइतबार दिउँसो २ करोडको चेक दिए पनि खातामा रकम जम्मा गर्ने मिति भने सोमबारको दिएको लोकान्तरलाई बताए । 


Advertisment
Nabil box
Kumari

श्रेष्ठले भने, ‘हामीले दिएको अन्तिम मिति आइतबार जम्मा २ करोड रुपैयाँको चेक मात्रै आएको छ, त्यसको ब्यालेन्स पनि  सोमबार जम्मा गर्ने भनेका छन्, यदी सोमबार रकम जम्मा नभए मंगलबार देखि उडान रोकिनेछ ।’ 
लामाले बाँकी २१ करोड रकम छिट्टै तिर्ने बताएको विमानस्थल कार्यालयले जनाएको छ । 

Vianet communication
Laxmi Bank

एयर एशिया एक्सको नेपाली एजेन्ट कम्पनी इन्सेन्टिभ ग्रुपले पटक–पटक ताकेता गर्दा समेत बिगत ३ वर्षदेखि विमानस्थललाई तिर्नुपर्ने २३ करोड र पर्यटक सेवा शुल्क बापत नेपाल पर्यटन बोर्डलाई तिर्नुपर्ने ७ करोड २३ लाख रकम तिर्न अटेर गर्दै आएको   थियो । 

विमानस्थल कार्यालयकाअनुसार एयरलाइन्सले विमानस्थललालाई तिर्नुपर्ने बिसान शुल्क (ल्याण्डिङ चार्ज), सञ्चार तथा उड्डयन सहायक सेवा (एयर नेभिगेसन), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतको शुल्क तिर्न बाँकी रहेको हो  । यस्तै  इन्सेन्टिभ ग्रुप  अन्तर्गतकै ट्राभल एजेन्सीले पर्यटन सेवा शुल्क बापत पर्यटकबाट उठाएको रकमसमेत तिर्न बाँकी छ । 

प्राधिकरणले आज आइतबार विमानस्थललाई तिर्नुपर्ने पुरा २३ करोड नतिरे सोमबारबाटै उडान रोक्ने अन्तिम अल्मिेटम दिएको थियो । तर,  ग्रुपले आइतबार अन्तिम समयमा आएर २ करोडको चेक त्यो पनि सोमबारको मिति  भएको काटेर छोडिदिएको हो । 

एयरलाइन्सले पर्यटन बोर्डलाई तिर्नुपर्ने  ७ करोड २३ लाख रुपैयाँ पनि आइतबार  तिरेको छैन ।

विमानस्थल कार्यालयले सोमबार २ करोडको चेक बाउन्स भए (खातामा पैसा जम्मा नगरेर फिर्ता भए) मंगलबारदेखि सेवा बन्द गर्ने चेतावनी दिएको छ । 

सन् २०१४ सम्ममा लगातार उत्कृष्ट एयरलाइन्स बन्न सफल भएको मलेसियाको एयर एसियाले नेपालमा तिर्नुपर्ने सामान्य शुःल्क समेत नतिरेको हो । 

यसैबीच लोकान्तरले पटकपटक सम्पर्क गर्दा पनि एयरलाइन्सका नेपाली एजेन्ट लामा सम्पर्कमा आउन चाहेनन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x