×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षाभत्ता नपाएको गुनासो

पुस २४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी, २४ पुस- बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । आर्थिक वर्ष ०७४/७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् ।

Sagarmatha Cement
Muktinath Bank

चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक,अपांगता भएका व्यक्ति, एकल महिला वृद्धवृद्धालाई निकै समस्या भएको छ । 

बैतडीका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेकका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । 

स्थानीय तहले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेका हुन् । साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउँ भन्ने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको सुर्नया गाउँपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक अद्यावधिक गरिसकिएको र दुई चौमासिकको एकैपटक भत्ता वितरण गर्ने तयारी गरिरहेका छौँ”– सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक अद्यावधिक नहुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको पुरचौडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पृथ्वीराज अवस्थीले बताउनुभयो । 

स्थानीयस्तरमै सरकार पाउँदा पनि धेरैजसो गाउँका नागरिकलाई स्थानीय सरकार के हो भन्नेसमेत थाहा नभएको सुर्नयाकी माया लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारमा सबै सुविधा हुन्छ भन्थे तर झन आफूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सुविधासमेत पाएको छैन ।” 

जनप्रतिनिधि आउनुभन्दाअघि बरु चार÷चार महिनामा भत्ता पाइन्थ्यो पुर्चौडी नगरपालिका १० की ६८ वर्षीया हरिना महराको भनाइ छ । 

साउनदेखि कात्तिकसम्मका लागि पहिलो चौमासिकमा रु दुई करोड २२ लाख निकासा हुनुपर्नेमा रु एक करोड १७ लाख मात्रै बजेट निकासा भएकाले सामाजिक सुरक्षाभत्ता वितरण नगरिएको पुर्चौडी नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाउन नसक्दा रकम रोकिएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐरबमले बताउनुभयो । “विगतमा वडा सचिवले मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता वितरण गरेछन्”– उहाँले भन्नुभयो– “पूर्ण व्यक्तिगत विवरणविना नै भत्ता वितरण गरिएकाले अहिले समस्या आयो ।” 

अहिले लाभग्राहीको पूर्ण विवरण मन्त्रालयमा पठाउने काम अन्तिम चरणमा पुगेकाले केही दिनमै सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु हुने नगर उपप्रमुख ऐर बमले बताउनुभयो । 

केन्द्रको सरकार गाउँघरमा भने पनि नागरिकलाई अझै पाउनुपर्ने सेवासुविधा पाउन पनि सकश हँुदै आएको छ । नागरिकले झेल्दै आएका समस्या समाधानतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान जान आवश्यक छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x