×

NMB BANK
NIC ASIA

रासायनिक मलको विकल्प खोज्दै किसान

पुस २४, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

धनगढी, २४ पुस-असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको खोजी गर्न थालेका छन् । 

बालीमा डिएपी र युरिया मलको असन्तुलित एवं जथाभावीरुपमा भइरहेको प्रयोगले माटोमा अम्लियपन बढ्दै जाँदा यसबाट उर्बर माटो बिग्रिएर उत्पादनमा समेत नकारात्मक असर देखिन थालेकाले आफूहरुले सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट प्रयोग गर्न थालेको कैलाली गदरियाका किसान रामसमझ चौधरीले बताउनुभयो । 

“डिएपी र युरियाजस्ता रासायनिक मलको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट प्रयोग गर्दा माटोको उर्वराशक्ति बढाएको छ ।” एसएसपी मल र सिंगल सुपर फस्फेट मल प्रयोग गरी खेती गरिरहनुभएका चौधरीले भन्नुभयो, “यो मल प्रयोग गर्दा माटो पनि नबिग्रिने र उत्पादन पनि राम्रै देखिएको छ ।” 

रासायनिक मलमा बालीलाई आवश्यकपर्ने क्याल्सियम र सल्फर तत्व नहुने तर नाइट्रोजन र फोस्फोरसको मात्रा चाहिनेभन्दा बढी हुन्छ । जसका कारण बालीले खपत गर्न नसकेको नाइट्रोजन तत्व माटोमा मिसिन गई माटोमा अम्लियपन हुने गरेको कृषि प्राविधिकहरु बताउँछन् । 

सरकारले अनुदानमा डिएपी, युरिया र पोटास मल बिक्री वितरण गर्दै आएको छ । अनुदानमा किसानले पाउने यो मल कति जग्गामा कति परिमाणको र कति बेला मल प्रयोग गर्ने भन्ने जानकारी अधिकांश किसानलाई नहुँदा जथाभावी र असन्तुलितरुपमा यो मलको प्रयोग हुदै आएको छ । 

बालीलाई नाइट्रोजन १८ देखि २१ प्रतिशत भए पुग्नेमा प्रयोग हुँदै आएको युरिया मलमा चाहिनेभन्दा बढी ४६ प्रतिशतसम्म नाइट्रोजन तत्व हुन्छ । 

“सरकारको अनुदानमा बिक्री वितरण हुँदै आएको डिएपी मलमा बालीलाई आवश्यकपर्ने सल्फर, क्याल्सियम तत्व हुँदैन, युरिया मलमा पनि केवल नाइट्रोजन तत्व मात्र हुन्छ साल्ट ट्रेडिङ कर्पोरेशनका कृषि विज्ञ भगवान खतिवडाले भन्नुभयो, “यस्तो अवस्थामा यी मलको असन्तुलित प्रयोग हुँदा माटोको उर्वराशक्तिमा ह्रास आउन थालेको छ ।” 

एमोनिया सल्फेटको प्रयोगले माटोमा अम्लियपन हुन दिँदैन । एमोनियायुक्त नाइट्रोजनको स्रोत मानिने एमोनियम सल्फेट मलमा २१ प्रतिशत नाइट्रोजन र २४ प्रतिशत सल्फर तत्व हुन्छ । अन्य तत्वको अलावा सल्फर तत्व अत्यावश्यक हुनेहुँदा यो मल विशेष गरी तेलहन बालीका लागि अति उपयुक्त मानिन्छ । 

फस्फोरसयुक्त सिंगल सुपर फस्फेट मलमा १६ प्रतिशतसम्म फोस्फोरसको मात्रा र केहीमात्रामा क्याल्सियम र सल्फर तत्वसमेत हुन्छ । खाद्यान्न तरकारीलगायत सम्पूर्ण बालीका लागि उपयुक्त हुने यो मलमा जिङ्क तथा बोरोनसमेत समावेश गरिने हुँदा यसको प्रयोगले माटोको उर्वराशक्ति बढाउने गरेको बताइन्छ । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको पहलमा एसएसपी र एमोनियम सल्फेट मलबारे कृषकमाझ सचेतना कार्यक्रम थालिएको छ । यसक्रममा कृषकको सहभागितामा कैलालीको भजनी ,गदरियालगायतका क्षेत्रमा तोरी, आलु, गहुँ बालीको अवलोकन भ्रमण गरी कृषकबीच अनुभव आदानप्रदान गरिएको छ । 

यो मल बिक्री गर्न थालेको साल्ट ट्रेडिङ कर्पोरेशन लि सेती अञ्चल कार्यालय धनगढीले सरकारको अनुदानित युरिया र डिएपी मलको विकल्पमा सिंगल सुफर फस्फेट र एमोनियम सल्फेटको माग बढ्दै गएको जनाएको छ । 

गत असोजबाट बिक्री वितरण शुरु गरेको कार्यालयले अहिलेसम्म २० हजार बोरा (एक हजार मे टन) मल बिक्री भइसकेको कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x