×

NMB BANK
NIC ASIA

पर्यटक आकर्षित गर्न राइनासकोटमा घरबास कार्यक्रम

पुस २४, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

लमजुङ , २४ पुस- प्रकृतिको बरदानयुक्त लमजुङको राइनासकोट नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक राइनासकोट यतिखेर घरबास (होमस्टे) कार्यक्रमसँगै पर्यटकीय गन्तव्यका लागि परिचित हुँदै गएको छ । 

विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पूर्वी लमजुङको ऐतिहासिक र धार्मिक महत्व रहेको यस पर्यटकीय गाउँमा अमेरिकी नागरिक नातासा ओजानायकको विशेष सहयोगमा पुनःनिर्माणसँगै घरबास शुरु भएको हो । 

भूकम्पअघि घरबास चलाउन स्थानीय जागरुक बने पनि भूकम्पपछि अमेरिकी नगारिकले एक सामुदायिक भवनसहित १४ घर निर्माण गरिदिनुभएपछि स्थानीयबासिन्दा आय आर्जनका लागि होमस्टे प्रति आकर्षक हुँदै गएका हुन् । 

स्थानीय माई आमा समूहकी अध्यक्ष विष्णुकुमारी गुरुङका अनुसार हाल गाउँका १३ वटा घरमा घरबास सञ्चालन गरिएको छ । उहाँका अनुसार विसं २०६२ मा लमजुङ उद्योग वाणिज्य संघले एकहप्ते घरबास तालीम दिए पनि त्यसयता कुनै पनि संस्थाले त्यस किसिमको तालीम दिएका छैनन् । 

घरबासका लागि १३ वटा घरमा ८४ जनासम्म राख्न सकिने अवस्था रहेको जानकारी दिँदै उहाँले यहाँ आउने पर्यटकलाई स्थानीय खसी तथा कुखुराको मासुसहित गाउँमा नै उत्पादित प्राङ्गारिक तरकारी तथा अन्नका परिकार खुवाउने गरेको बताउनुभयो । 

पर्यटकलाई कोदाको सेलरोटी तथा मकै, गेडागुडीसहित तामा, गुन्द्रुक, भटमासको अचारका परिकारको स्वाद लिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । राइनासकोट पुग्ने पर्यटकलाई प्रतिकोठा रु ६००, मासुसहितको खाना रु ३०० राखिएको छ भने नास्ताका लागि रु ६० लिने गरिएको घरबास सञ्चालन गर्दै आएकी रामतियारी गुरुङले जानकारी दिनुभयो । 

यहाँ पुग्ने पर्यटकले स्थानीयरुपमा कोदोबाट तयार गरिएको मदिराको पनि स्वाद लिन पाउँछन् । “पछिल्ला दिन घरबासमा बस्नका लागि ठूलो संख्यामा स्वदेशी एवं विदेशी पर्यटक यो गाउँमा आउन थालेका छन्”– उहाँले भन्नुभयो, “गाउँको शिरमा रहेको राइनासकोटबाट लमजुङ हिमालसहित मनास्लु, अन्नपूर्ण, माछापुच्छ«ेका साथै धवलागिरिजस्ता हिमालको एकसाथ अवलोकन गरी पर्यटक रमाउने गरेका छन् ।” 

सूर्योदयको पनि अवलोकन गर्न सकिने एक हजार ८०० मिटर उचाइको यहाँबाट कास्की, तनहँु, गोरखा, चितवन, धादिङ, नवलपरासीलगायतका १६ वटा जिल्ला एकसाथ देख्न सकिने स्थानीय समाजसेवी पूर्णबहादुर गुरुङले बताउनुभयो । 

उहाँका अनुसार भूकम्पपछि निर्माण गरिएका भूकम्प प्रतिरोधी पुरानै शैलीका भवन अमेरिकी नागरिक नातासाको रु दुई करोड ७५ लाख स्थानीयवासीको रु ७५ हजार गरी कूल रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । 

गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आँगन, आकाशे पानीको व्यवस्थापन पुरानैशैलीमा गरिएको छ । राइनासकोटमा रहेका केही पुराना घरलाई पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ भने गुरुङ जातिको बस्ती रहेको यस गाउँमा स्थानीयको कला, संस्कृतिलाई जोगाउन संग्रहालयसमेत स्थापना गरिएको छ । 

कृषि पर्यटनको पनि उत्तिकै सम्भावना बोकेको यस गाउँका प्रत्येक घरमा कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँची खेती शुरु गरिएको छ । 

नेपालका बाइसेचौबिसे राज्यकालमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट १३ किलोमिटर हुँदै दूघपोखरी मार्ग र त्यहाँबाट झण्डै २० मिनेटको सिँढी उक्लनुपर्छ । 

यहाँस्थित ऐतिहासिक राइनासकोट किल्लासहित कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला र गढीलगायतका ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा रहेकामा यस वर्ष नगरपालिकाले संरक्षणका लागि रु १० लाख छुट्याएको कार्यकारी अधिकृत देवबहादुर अधिकारीले बताउनुभयो । 

यहाँको बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी यहाँ पुग्ने सिँढी बाटोका लागि रु १० लाख पनि विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x