×

NMB BANK
NIC ASIA

जनकपुरधाम, २४ पुस– विगत केही वर्ष अगाडिसम्म तराई–मधेसमा भूमिगत रहेका प्राय सशस्त्र समूह अहिले निष्क्रिय छन् । तर त्यस्ता समूहमा लागेका केही व्यक्तिहरु भने पुनः आपराधिक क्रियाकलापमा संलग्न हुन थालेका छन् । 

Muktinath Bank

भूमिगत समूह छाडेर सामान्य जीवनमा फर्किएका भनिएका त्यस्ता व्यक्तिले अहिले छुट्टै गिरोह खडा गरेर अपराधिक क्रियाकलापहरु सञ्चालन गरिरहेका भेटिएको छ । सरकारसँगको वार्तापछि सामान्य जीवनमा फर्किए पनि जीवनयापनका लागि अन्य विकल्प अंगाल्न नसक्दा उनीहरु पुनः अपराधिक कर्ममै फर्किन थालेका घनुषामा भएका केही घटनाबाट प्रमाणित हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१० मंसिर २०७४ मा सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ स्थित निर्दना घाट भन्ने स्थानमा ३ जना व्यक्तिहरुको समूहले एक जना म्यादी प्रहरी र एक जना प्रहरी जवानलाई गोली प्रहार गरे । सडकमा प्रहरीले चेक जाँच गरिरहेको अवस्थामा मोटरसाइकलमा सवार तीनजनाले चेकजाँच गर्न खोज्दा प्रहरीमाथि गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट म्यादी प्रहरी आदर्श कुँवर र प्रहरी जवान मायाराम यादव घाइते भए । 


Advertisment
Nabil box
Kumari

गोली प्रहार गरी फरार हुनेहरु थिए, धनुषा शहीदनगर नगरपालिका वडा नं. १ बेमर्खीका ३२ वर्षीय शिवकुमार राय, २८ बर्षका मनोज कुमार राय र १८ बर्षका सुरेन्द्र कुमार राय । उनीहरुलाई धनुषा प्रहरीले ११ मंसिर २०७४ मा धनुषा शहीदनगर– २ स्थित चिरैया चोकबाट पक्राउ गर्यो । ज६प ९०५६ नम्बरको मोटरसाइकलसहित १५० ग्राम ब्राउन सुगर र १ थान चाइनिज पेस्तोल समेत प्रहरीले उनीहरुबाट बरामद गर्यो । 

Vianet communication
Laxmi Bank

प्रहरीले अनुशन्धानबाट पक्राउ परेका शिवकुमार राय विगतमा सशस्त्र समूहमा लागेको पाइयो । सप्तरीका अजय त्यागीको नेतृत्वमा गठन भएको ‘मधेसी भाइरस साइलेन्ट किलर्स’ नाम भूमिगत समूहमा आवद्ध थिए राय । भूमिगत समूहमा हुँदा प्रहरीको वान्टेड सूचिमा परेका राय २०६४ सालमा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचन पछि २०६५ सालमा पासपोर्ट (राहदानी) बनाइएर राय वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । 

४ बर्ष पछि घर फर्किएका रायले विवाह समेत गरे । र पुनः ३ महिना पछि फेरि रोजगारीका लागि साउदी गए । तर, दोस्रो पटक भने गएको १४ दिनमै फेरि स्वदेश फर्किए । त्यसपछि पुनः ६ महिना पछि उनी कतार गए । तर, त्यहाँ ड्राइभिङ लाइसेन्स नबनेपछि पुनः फिर्ता भएका थिए । दोस्रो संविधानसभाको चुनाव पछि गठित संसदीय टोली सामु वार्ताका क्रममा वार्ता गरेर मूलधारमा आएका थिए । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाको संयोजकत्वमा गठित टोलीसँग मनोज कुमार राय संयोजक रहेको भूमिगत समूहमा दिलिप कुमार राय, विजय साह (हाल जेलमा रहेका छन्), राम साहसँगै राय पनि वार्ता टोलीमा समावेश थिए । वार्ता पछि ती समूहसँग रहेको हातहतियार राज्यलाई बुझाउने क्रममा उनीहरुले कुल २७ वटा हतियारहरु बुझाएका थिए । 

प्रहरीले गरेको अनुसन्धानबाट के खुलेको छ भने त्यतिबेला राज्यलाई हतियार बुझाउनका लागि पाँचै जनाले पाँच पाँच हजारको दरले नलकटुवा पेस्तोल किनेका थिए । तर भूमिगत हुँदा आफूसँग रहेका महँगो र अत्याधुनिक हतियार भने उनीहरुले राज्यलाई बुझाएनन् । 

वार्ताका माध्यमबाट मूलधारमा आइसकेको घोषणा गरे पनि रायले जीवनयापनका लागि भनेर पुनः अपराध कर्म रोजे । घटनाको अनुसन्धान गरिरहेका धनुषाका प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीका अनुसार पैसा कमाउनका लागि लुटपाट गर्ने उद्देश्यले धनुषा र सिरहाका युवाहरुलाई मिलाएर रायले एउटा संगठित गिरोह संचालन गर्ने योजना बनाएका थिए । त्यसका लागि सिरहाको डरौलमा बस्ने मनोज कुमार रायसँग मिलेर गिरोह बनाउन उनी सफल पनि भए ।  

प्रहरीमाथि गोली प्रहार गरेको दिन (मंसिर १० गते) उनीहरुले बैंकबाट पैसा बुझेर आउने व्यक्तिलाई लुट्ने योजना बनाएका थिए । विदेशमा रहेका परिवारका सदस्यले पठाएको पैंसा बुझेर घर फर्किनेबाट पैसा लुट्ने उनीहरुको योजना थियो । त्यसका लागि २–३ दिन अगाडिदेखि उनीहरुले बैंकहरुमा निगरानी समेत गर्दै आएका थिए । तर स्थिति अनकुल नदेखिपछि उनीहरु फर्किनेबेला प्रहरीको चेकिङमा परे र पक्राउ पर्ने डरले प्रहरीमाथि नै गोली प्रहार गरे । 

........

११ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको अपराध अनुसन्धान शाखाको टोलीले ४ जना व्यक्तिको समूहलाई पक्राउ गर्यो । उनीहरु धनुषालगायत मध्य तराईका विभिन्न जिल्लाहरुमा चोरीका मोटरसाईकल लगायतका सवारी साधनहरुको नक्कली बिल बुक बनाई ओसारपसार र बिक्री वितरण गर्ने कार्यमा संलग्न थिए । 

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–८ का ३८ वर्षीय संजय ठाकुर, धनुषाका २२ वर्षीय रहमद नदाफ, धनुषा औरही गाउँपालिका– १ का ३८ वर्षीय अरविन्द्र कुमार यादव र २७ वर्षीय सन्तोष मण्डल थिए । पक्राउ परेकाहरुमध्ये रहमद नदाफ पहिले पनि मोटरसाईकल चोरीको घटनामा पटक पटक पक्राउ परे पनि धरौटीमा रिहा हुँदै आएका थिए । उनीहरुले नेपाल र भारतका विभिन्न शहरबाट मोटरसाइकल चोरी गर्ने र नक्कली बिलबुक बनाएर बेच्ने गरेका थिए । 

पक्राउ परेकामध्ये संजय ठाकुर भने विगतमा भूमिगत सशस्त्र समूह लिवरेशन टाईगर अफ तराई इलम (एलटिटिई) मा आवद्ध थिए । मधेस आन्दोलन हुँदा २०६२÷०६३ तिर मधेसी जनअधिकार फोरममा आवद्ध भएका ठाकुर पछि भूमिगत समूह एलटिटिईमा लागेका थिए । सरकारसँगको वार्तामार्फत मुलधारमा आइसकेपछि ठाकुर जयप्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा गठित तराई मधेस राष्ट्रिय अभियान धनुषाका संयोजक समेत बनेका थिए । ठाकुरले असोज २ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ठाकुर जनकपुर उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदावरी दिएका थिए । 


सजिलो काम : अपराध कर्म

माथिका दुई प्रतिनिधि घटनाले प्रमाणित गर्छ कि, विगतमा सशस्त्र समूह त्यागेर सामान्य जीवनमा फर्किएका भनिएका व्यक्तिहरु पुनः आपराधिक क्रियाकलापमा संलग्न हुन थालेका छन् । भूमिगत गिरोहमा संलग्न भइसकेका व्यक्ति पुनः अपराधिक कार्यमा संलग्न हुँदा मध्य तराईका जिल्ला शान्ति सुरक्षामा चुनौती थपिएको छ । 

जीवनयापनका लागि अन्य विकल्प रोज्नभन्दा पनि उनीहरुका लागि अपराध नै सजिलो कर्म बनेको छ । तर केही बुद्धिजीविहरु भने राज्यको कमजोरी नीतिका कारण भूमिगत समूह त्यागेका व्यक्ति अपराधक कर्ममा फर्किएको बताउँछन् । वार्ताका माध्यमबाट सामान्य जीवनमा फर्किएका व्यक्तिलाई राज्यले निःशुल्क तालिम प्रदान गरी आय–आर्जनमूलक कार्यमा संलग्न गराउनुपर्ने बुद्धिजीविहरुको भनाइ छ । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारी पनि काम गर्ने सीप नहुँदा उनीहरु पुनः अपराधिक कर्ममा फर्किएको स्वीकार्छन् । अनुसन्धानमा संलग्न सहायक निरीक्षक भण्डारी भन्छन्, ‘वार्ताका माध्यमबाट सामान्य जीवनमा फर्किएको त भनियो । तर उनीहरुसँग अन्य काम गर्ने सीप भएन । पैसा कमाउनका लागि उनीहरुले पुनः आपराधिक बाटो ने रोजेको देखियो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x