महिन्द्रा फ्रि मेघा सर्भिस क्याम्पः नेपालभर एकै साथ निःशुल्क सर्भिसिङ्ग

पुस २४, २०७४

काठमाडौं, २४ पुस- नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्निग्रुपअन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुको लागि नेपालभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ । महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

योजनामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले स्पेयर पार्ट खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।  यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडी दक्ष प्राविधिकहरुले गाडीको ७५ जाँच गर्दछन् । यो फ्रि सर्भिसिङ्ग सेवाको लागि ग्राहकहरुले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्क सपमा सम्पर्क राखी बुकिङ्ग गर्न सकिने छ । साथै कम्पनीले टोल फ्रिनम्बरमा सम्पर्क गरी थपजानकारी पाउन सकिने व्यस्थामिलाएको छ ।


ADVERTISEMENT


अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपप्रा.लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जीप्रा.लि., अग्निमोटो इन्कप्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् । 
धन्यवाद
 

पुस २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस