दयाहाङको मिस्टर झोलेले घोषणा गर्‍यो कभर गीत विजेता

पछिल्लो समय भिडियो साझेदारी साइट युट्युव लक्षित प्रतियोगितालाई सिनेमाले आफ्नो पब्लिसिटीमा प्राथमिकता दिन थालेका छन् । दयाहाङ राई स्टारर मिस्टर झोलेले केही महिना पहिले कभर गीत प्रतिस्पर्धा आह्वान गरेको थियो । 

सोमबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले प्रतिस्पर्धाका सर्वोत्कृष्ट तीनलाई पुरस्कृत गरे । सिनेमाको चर्चित गीत ओखतीमाथि प्रतिस्पर्धा आयोजना गरिएको थियो । 

क्रिस्टल क्लाउज क्रु पहिलो, किसन एन्ड डान्स क्रु दोस्रो र द डायनामिक क्रु तेस्रो भए । पहिलोले १ लाख ५५ हजार रुपैयाँ, दोस्रोले १ लाख २५ हजार र तेस्रोले १ लाख ५ हजार रुपैयाँ नगद प्राप्त गरे । 

अभिनेता राई र अभिनेत्री दीया पुन उपस्थित समारोहमा विजयीलाई पुरस्कृत गरियो । टेकेन खड्का र सिनेमा आर्ट्स निर्मित सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । वर्षा राउत, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । 

पुस २४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस