३०० कट्सका साथ रिलिज हुँदैछ पद्मावत, कस्तो हुनेभो कथा ?

पुस २५, २०७४

काठमाडौं, २५ पुस — बलिउडको विवादास्पद फिल्म पद्मावत २५ जनवरी अर्थात् माघ ११ गते रिलिज हुँदैछ । तर निर्देशक सञ्जय लीला भन्सालीको यो फिल्ममा तीन सयवटा कट्स गरिएपछि मात्र रिलिज गर्न लागिएको हो । 

भारतीय सञ्चारमाध्यमहरूमा आएका खबरअनुसार, फिल्ममा दिल्ली, चित्तौड र मेवाड जस्ता नामहरूको उल्लेख हटाइनेछ । 

सिनेमाहलहरूमा दर्शकले जुन फिल्म हेर्नेछन्, त्यो पूरै काल्पनिक कथाजजस्तो हुनेछ । ठाउँहरूको नाम हटाइएपछि दर्शकले यो ऐतिहासिक घटना कहाँ भएको हो थाहै पाउनेछैनन् । 

दर्शकलाई अलाउद्दीन खिलजी कहाँबाट आएको र कहाँ गएर उसले राजपूतहरूसँग युद्ध गरेको थाहा नहुने बताइएको छ । 

सेन्सर बोर्डले दिएको सुझावबमोजिम फिल्मको पुनःसम्पादनको काम भइरहेको छ । 

फिल्ममा उल्लेख भएका सबै लोकेसनको काल्पनिक नाम दिइनेछ । 

फिल्म राजस्थानमा चाहिँ रिलिज गरिनेछैन ।

एजेन्सी
 


ADVERTISEMENT

पुस २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस