अमेरिकी दुतावासद्वारा काठमाडौंमा देखाइने १२ फिल्मको लाइनअप घोषणा

पुस २५, २०७४

काठमाडौं, २५ पुस– काठमाडौंस्थित अमेरिकी दुतावासले नेपालमा प्रदर्शन हुने १२ हलिउड फिल्मको लाइनअप सार्वजनिक गरेको छ । राजदूत अलैना बी तेप्लिजले क्लासिक अमेरिकन फिल्म सिरिजअन्तर्गत प्रदर्शन हुने सिनेमाको सूची प्रकाशमा ल्याएकी हुन् । 

सूचीमा जनवरीदेखि डिसेम्बरसम्म प्रदर्शन हुने अमेरिकी सिनेमा समावेश छन् । जनवरीमा प्लानेट बी ब्वाइ, फेव्रुअरीमा अस्कर विजेता फिल्म स्पटलाइट, मार्चमा अ लिग अफ दियर वन, अप्रिलमा वाक द लाइन प्रदर्शन हुनेछन् । 

मेमा टु किल अ मेकिङगार्ड, जुनमा द आइरन जायन्ट, जुलाईमा ब्रीक, अगस्टमा ग्लोरी, सेप्टेम्बरमा ह्यारोल्ड लोयड, अक्टोबरमा इटी, नोभेम्बरमा मिस्टर स्मिथ गोज टु वासिङ्टन र डिसेम्बरमा मिट मी इन सेन्ट लुइस रहेका छन् । 

दुतावासले यी सिनेमालाई प्रत्येक महिनाको अन्तिम विहिबार क्यूएफएक्स कुमारी सिनेमा घरमा प्रदर्शन गर्दै आएको छ । 

पुस २५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस