इजलासमा डा. केसीको माग-प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

पुस २६, २०७४

काठमाडौं, २६पुस– अदालतको अवहेलनामा सम्बन्धी डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस जारी छ । 

विहान ११ बजेबाट शुरु भएको इजलासमा  डा. गोविन्द केसीले आफ्ना बयान राखेका छन् । बयान राख्ने क्रममा केसीले आफूले कुनै गल्ती नगरेको बताउँदै आफ्नो नागरिक अधिकार हनन भएको तर्क पेश गरे । उनले बहसमा भने,‘अदालतको कदर गर्छु तर न्याय विक्री गर्न पाइदैन , यस्ता व्यक्ति विरुद्ध म जहिले पनि लड्छु बहसमा आफ्ना कुरा राख्दै डा. केसीले भने ।’


ADVERTISEMENT

डा केसीले इजलासमा वहसका क्रममा प्रधानन्यायाधीश गोपाल पराजुली माफिया र भ्रष्ट भएको आरोप लगाए । उनले भने,
‘गोपाल पराजुली माफिया र भ्रष्ट हुन् ।’

उनले यसो भनेपछि अधिवक्ताहरुले आपत्ति जनाएका थिए । केसीको भनाइ रेकर्ड भइरहेको छ । 

बहसका क्रममा डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन् ।

डा केसीले आफूले गल्ती गरेको भए पाँच वर्ष पनि जेल बस्न तयार रहेको बताए । 

केसीको पक्षबाट वहस गरेका अधिवक्ताले भने केसी पक्राउ नै गैह्रकानुनी भएको तर्क पेश गरेका छन् । केसीको पक्राउ पुर्जीमा कुन अपराधमा पक्राउ गरिएको हो भन्ने नखुलाइएकोले गैह्रकानुनी भएको बहसमा उनीहरुले बताए । 

गोविन्दक केसीको मुद्दाको अन्तिम फैसला आजै आउने सम्भावना रहेको छ । ‘टि ब्रेक’का लागि दिउँसो १ बजे बहस स्थगित हुने भएपनि डा. केसीको भने बहस जारी छ । 

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस भइरहेको छ ।   
 

पुस २६, २०७४ मा प्रकाशित

प्रशान्त ओझा

लोकान्तरका विशेष संवाददाता प्रशान्त ओझा अदालत, प्रशासन र संवैधानिक निकायको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस