डा.केसीको मुद्दामा आजै फैसला आउने सम्भावना, पानी समेत नपिएर सर्वोच्चमा बहस !

पुस २६, २०७४

काठमाडौं २६ पुस– अदालतको अवहेलना सम्बन्धी डा गोविन्द केसीविरुद्धको मुद्दाको बहस बुधवार नै सकिने देखिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा बहस भइरहेको छ । 

चियापानका लागि दिउसो १ बजे ‘टि ब्रेक’ गर्ने प्रचलन रहेपनि अहिले बहस चलिरहेको छ । भोलि सार्वजनिक विदा परेकोले सो मुद्दा बुधवार नै टुगाउने तयारी भएको सर्वोच्च प्रशासन स्रोतले जनायो । डा. केसीको तर्फबाट बहस गर्न धेरै वकिलले नाम लेखाएका कारण बहस लम्बिने सम्भावना देखिएसँग पानीसमेत नपिएर बहस जारी छ ।


बहसका क्रममा इजलासमै डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई ‘माफिया र भ्रष्टाचारी’को आरोप लगाएका थिए । यसअघि डा केसीको बयान न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा मंगलवार पनि भएको थियो । 

यसअघि १४ औ अनसन शुरु गर्ने क्रममा डा केसीले प्रधानन्यायाधीश पराजुलीविरुद्ध अभिव्यक्ति दिएको भन्दै सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु अर्यालले सोमवार अबहेलना मुद्दा दायर गरेका थिए । 
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार