आफ्नो फोनमा कहिल्यै नराख्नुस् यस्ता एप

पुस २६, २०७४

काठमाडौं, २६ पुस — स्मार्टफोन प्रयोगकर्ताहरू फोनमा अनेकौं एप भरेर राख्छन् । यीमध्ये धेरै एप कुनै खास कामका लागि हुन्छन् तर तिनले आफ्नो काम नगरेर फोनलाई नै नोक्सान पु–याइरहेका हुन्छन् । 

वाईफाई एनालाइजर, स्पीड टेस्ट
कतिपय प्रयोगकर्ताले वाईफाईको स्पीड बढाउनका लागि वा स्पीड परीक्षणका लागि यो एप प्रयोग गर्छन् । यिनले फोनलाई हानि मात्र गर्छन् । 

फ्री वाईफाई
सित्तैमा वाईफाई दिने नाममा यस्ता एपले फोनलाई बिगार्छन् । 

रियलटाइम क्लीनर
फोनको जंक मेमोरीलाई हटाउन र स्पीड बनाउन प्रयोग गरिने यो एपले पनि फोन बिगार्छ । 

रियलटाइम बूस्टर
फोनको स्पीड बढाउनका लागि यो एपको प्रयोग गर्नुहुन्छ भने तुरुन्तै डिलिट गर्नुस् । 

नेटवर्क गार्ड
फ्रीमा वाईफाई कनेक्टिभिटी दिने भनिएको एपले तपाईंको गोपनीयता भंग गरिदिन्छ । 

फ्री वाईफाई प्रो
कुनै पनि वाईफाईको पासवर्ड क्य्राक गर्ने भनिएको यो एपको प्रयोग गर्दै नगर्नुस् । 

फाइल ट्रान्स्फर प्रो
भारी फाइलहरूलाई सार्ने यो एपले फाइललाई करप्ट पनि गर्नसक्छ । 

क्लीन लाइट
फोनबाट जंक आइटम हटाएर ब्याट्री बचाउने दाबी गर्ने यो एपले फोनलाई हानि पु–याउँछ । 

कल रेकर्डिङ म्यानेजर
फोनमा पहिले नै कल रेकर्डिङ फीचर हुन्छ । एप नै किन चाहियो र ?

ब्राइटेस्ट फ्ल्याशलाइट
मोबाइलको फ्ल्याशलाइटलाई अझ चम्किलो र कस्टमाइज गर्ने यस एपले प्रोसेसरमा असर पार्छ । 

एजेन्सी
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस