×

NMB BANK
NIC ASIA

दुब्लो हुनुहुन्छ ? यसरी बढाउनुस् तौल

पुस २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २६ पुस — दुब्लो शरीर भयो भने व्यक्तित्व राम्ररी खुल्न पाउँदैन । हर्मोनमा असन्तुलन, कब्जियत, पेटमा कीरा पर्ने, मधुमेह, मानसिक चिन्ता, धेर व्यायाम गर्ने, थाइराइडको समस्या आदिले गर्दा मानिस दुब्लो हुन्छ । 
दुब्लो मानिसलाई अरूले हेप्न खोज्छन् । तपाईंलाई पनि दुब्लोपनका कारण संकोच भएको छ भने यहाँ बताइएका आहार लिने गर्नुस् । 

पूर्ण अनाज (ह्वोल ग्रेन)
गहुँ, मकै, जौ, ओट्स जस्ता पूर्ण अनाज खाँदा अनेकौं रोगबाट बच्न सकिन्छ । पूर्ण अनाजमा पिँधेको अनाजमा भन्दा बढी क्यालोरी र भिटामिन हुन्छ र यसले शरीरलाई ऊर्जा प्रदान गर्छ । 

प्रोटीन
दूध, चीज, मम्फली बदाम, बटर, खजुर, दाल र गेडागुडीमा प्रोटीनको मात्रा अधिक हुन्छ । दिनदिनै यसलाई सेवन गर्दा शरीरको कमजोरी हट्छ । 

आलु
आलुमा कार्बोहाइड्रेट्स र सुगर पर्याप्त हुन्छ । आलुलाई उमालेर, ग्रिल गरेर वा स्यान्डविच बनाएर खान सक्नुहुन्छ । दिनदिनै आलु खाँदा केही दिनमै तौल बढ्छ । 

केरा वा आँप
दिनमा कम्तीमा दुईवटा केरा खानुस् । योग वा व्यायाम गरेपछि केरासँग दूध पिउनु लाभदायक हुन्छ । केरा मन पर्दैन भने आँप खान सक्नुहुन्छ । 

बदाम
बदाममा भिटामिन, आइरन, फस्फोरस र क्याल्सियमको मात्रा अधिक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउनुका साथै सुन्दर पनि राख्छ । रातमा तीनवटा बदाम भिजाएर राख्नुस् । बिहान खाली पेट त्यो बदाम खानुस् । 

मम्फली बदाम
मम्फली बदाममा क्यालोरी र बोसो अत्यधिक हुन्छ । दिनदिनै बदाम खाँदा शारीरिक कमजोरी हट्छ । 

ओखर
ओखरमा क्यालोरी उच्च मात्रामा हुन्छ जसले शरीरलाई स्वस्थ राख्छ । नियमित रूपमा २० ग्राम ओखर खाँदा तौल बढ्न थाल्छ । 

नरिवलको दूध
नरिवलले सुन्दरता बढाउनुका साथै शरीरलाई स्वस्थ राख्छ । नरिवलको दूधमा भोजन पकाएर खाँदा शरीरमा क्यालोरीको मात्रा बढ्छ । दिनदिनै नरिवल पानी तथा नरिवलबाट बनेका कुरा खाँदा पनि तौल बढ्छ । 

अश्वगन्धा, शतावरी जस्ता आयुर्वेदिक औषधि र नियमित व्यायामले पनि तौल बढाउन सहायता गर्छन् । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x