तकिया लगाएर सुत्नुका बेफाइदा यस्ता छन्

पुस २६, २०७४

काठमाडौं, २६ पुस — दिनभरिको थकानपछि तपाईं मीठो निद्रामा जान चाहनुहुन्छ अनि ओछ्यानमा नरम तकिया लगाएर सुत्नुहुन्छ । तर वास्तविकता के हो भने तकियाले तपाईंको छालालाई हानि पु–याउँछ । 

अनुहारलाई हानि
सिरानीमा धूलो, कपाल, रौं र तेलजस्ता कुराहरू हुन्छन् । तपाईंको अनुहार सिरानीको सम्पर्कमा आउँदा त्यसमा भएको फोहोरको कण अनुहारको छिद्रमा पस्छ र बन्द गरिदिन्छ । अनुहार तकियामा रगडिँदा छिट्टै चाउरी पनि पर्छ । 

कपाललाई हानि
तपाईंलाई कपाल झर्ने समस्याले सताइरहेको छ भने सिरानीमा सुत्नु एक कारण हुनसक्छ । सिरानीमा कपाल रगडिन्छ र कपाल बीचबाट टुट्न शुरु गर्छ । रगडिएका कारण कपालको आर्द्रता कम हुन्छ र तिनीहरू रुखा हुन्छन् । 

तपाईं आफ्नो अनुहार र कपालको स्याहार धेरै गर्नुहुन्छ तर तकिया लगाउँदा तिनलाई धेरै हानि पुग्छ । तर भोलिदेखि नै छोड्नुस् भनेको हैन, बिस्तारै बिस्तारै यो बानीलाई त्याग्दै जानुपर्छ । 

अनि तपाईंलाई गर्दन, काँध वा ढाडको समस्या छ भने तत्कालै सिरानी छोड्नुहुँदैन । त्यसो गर्नुभयो भने राम्रो निद्रा आउन पाउँदैन र तपाईं झर्कोफर्को र तनाव अनुभव गर्नुहुन्छ । चिकित्सकको परामर्शमा बिस्तारै यसलाई छोड्नुस् । 

सिरानी नलगाइकन सुत्दा राम्रो निद्रा लाग्छ अनि टाउको, गर्दन र काँधका नसाहरूलाई आराम पुग्छ । भोलिपल्ट बिहान तपाईं आराम र ताजा अनुभव गर्नुहुन्छ । 

सिरानी छोड्न मन लाग्दैन भने त्यसको सरसफाइमा अवश्य ध्यान दिनुस् । हरेक ६ महिना तकिया परिवर्तन गर्नुस्, सिरानीको खोल सफा राख्नुस्, सुत्दाखेरी कपाललाई हल्का बाँध्नुस् अनि नरम तकिया प्रयोग गर्नुस् । 

एजेन्सी

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस