भारतका पत्रकारले लन्डनमा चोरे चाँदीको चम्चा, गराए बेइज्जती

काठमाडौं, २६ पुस — बेलायत भ्रमणमा रहेकी भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीसँग गएका पत्रकारहरूले लन्डनमा चाँदीको चम्चा चोरेर बेइज्जती गराएका छन् । 

बंगालमा लगानी जुटाउन बेलायत भ्रमणमा रहेकी बनर्जीलाई लन्डनमा विशेष रात्रिभोज दिइएको थियो । रात्रिभोजमा उच्चस्तरीय प्रशासकहरू तथा उद्योगपतिहरू थिए । 

सबै गतिविधिलाई हाईडेफिनिसन सीसीटीभी क्यामराबाट निगरानी गरिएको थियो । तर बंगालका पत्रकारलाई यसले फरक पारेन ।

डिनर टेबलमा खानाका धेरै आइटम पस्किइएको थियो । चम्किएको चाँदीको भाँडो पनि त्यहाँ थियो । त्यो देखेर केही पत्रकार मन्त्रमुग्ध भए । 

उनीहरूले खुरुखरु झोलामा चाँदीको चम्चा र भाँडो हाले ।

सूत्रहरूका अनुसार, यस घटनाक्रमबाट चकित होटल प्रशासनले कुनै पनि अतिथिले सामान नलग्नू भनी धेरैचोटि घोषणा ग–यो । 

होटलले जानिबुझिकन यस्तो घोषणा धेरैचोटि ग–यो किनकि उनीहरूलाई चेक गर्दा दोषी पाइयो भने बेइज्जती हुन सक्थ्यो । 

होटल प्रशासनले सीसीटीभी क्यामरा रेकर्डिङ हेरेर चोर्ने पत्रकारको पहिचान ग–यो । 

एक वरिष्ठ पत्रकारले चम्चा चोरेको अभियोगमा ५० पाउन्ड जरिवाना तिर्नुप–यो । त्यसपछि मुख्यमन्त्री र पत्रकारहरूले उनीप्रति आक्रोश व्यक्त गरे । 

ममता बनर्जीले पत्रकारसँग दूरी बनाइन् । ती वरिष्ठ पत्रकार विगत तीन दशकदेखि पश्चिम बंगालमा रिपोर्टिङ गरिरहेका छन् । 

एजेन्सी
 

पुस २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस