आर्सनल र चेल्सीबीचको खेल बराबरी

पुस २७, २०७४

काठमाडौं, २७ पुस– इंग्लिस फुटबलका दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् । बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए ।

‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ ।
 


ADVERTISEMENT

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस