×

NMB BANK
NIC ASIA

जाजरकोटमा भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रमा

पुस २७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट, २७ पुस- जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । भाइरल ज्वरोबाट बुधबार थप एक जनाको ज्यान गएको हो । 

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ । गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उहाँलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका छ जना छन् । जुनीचाँदे–२ मजकोटबाट शुरु भएको भाइरल प्रकोप वडा नं १, २, ३, बाट अहिले ४, ५ र १० नम्वर वडामा फैलिएको छ । 

शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ । शिविरमा एक हजार २०० जनाको उपचार गरिएको छ । उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा शाक्यले जानकारी दिनुभयो । 

उपचारमा आएका ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि पाँच प्रतिशतचाँहि कडा र सिकिस्त बिरामी रहेको डा शाक्यले जानकारी दिनुभयो । 

भाइरल प्रभावित गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक–स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा लिन नसकेपछि बुधबार जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ । 

जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्लसहित चारजना स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएको छ । नेपाली सेनाको टोली प्रभावित क्षेत्रको स्थलगत अध्ययनका साथै सोमबार केही बिरामीको उपचार गरी मंगलबार फर्किएको छ भने नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मीसहितको टोली पनि प्रभावित क्षेत्रमै छ । 

डा शाक्यले भाइरल प्रभावितको संख्या बढ्दै गएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताउनुभयो । निमोनियाविरुद्धको खोप अभावमा सोमबार ३६ दिने शिशुको ज्यान गएपछि थप औषधि मगाइएको छ । 

भाइरल ज्वरो बढेपछि एचवानएनवान् अर्थात कडा खालको मौसमी रुघाखोकी सिजनल फ्लुको आशंका गरिएको छ । एचवानएनवान् भए धेरै ठाउँमा फैलिने खतरा रहन्छ । तत्काल रोग पत्ता लगाई नियन्त्रणमा नलिए महामारीकै खतरा हुने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

उपचारमा संलग्न मेडिकल अधिकृत डा शाक्य बिरामीको लक्षण हेर्दा एचवानएनवानको आशंका गरिएपनि यसै भन्न नसकिने बताउनुहुन्छ । रोग पहिचानका लागि बिरामीको रगत तथा खकार र मृतकको रगतका नमुना संकलन गरी बुधबार टेकुस्थित प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । 

पहिलेको तुलनामा बिरामीको संख्या बढ्दै गएको र एक गाउँबाट अर्को गाउँमा रोग फैलिँदै गएकाले नियन्त्रण बाहिर जान थालेको नेपालीले बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाकी बालरोग विशेषज्ञ डा नम्रता सिन्दान नेतृत्वको टोली बुधबार प्रभावित क्षेत्रतर्फ खटाइएको छ । औषधि अभाव हुन नदिन सुवानाउलीमा औषधिको ‘बफर स्टक’ राख्ने तयारी भएको उहाँले बताउनुभयो । 

यसैबीच, बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तत्काल प्रकोप नियन्त्रणमा लिन उपचारको प्रभावकारी व्यवस्था मिलाउने निर्णय गरेको छ । 

चिकित्सकको नेतृत्वमा वडा नं २ को भैरव मावि मजकोट, वडा नं ३ को आदर्श मावि, लुहादह र वडा नं १० को दुर्गापुजन प्राविमा शिविर सञ्चालन गर्ने र अर्को एक टोलीलाई घुम्ती टोलीका रूपमा परिचालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो । चार वर्षमुनिका बालबालिकालाई न्यानो कपडा र थर्मसको व्यवस्था गर्न गैरसरकारी संस्थालाई आग्रह गर्ने निर्णय गरिएको शाहीले बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले जिल्ला स्वास्थ्य मातहतका स्वास्थ्यकर्मीको बिदा र काज रद्द गरेको छ । प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी अभाव भए पनि सरकारले खासै ध्यान दिएको छैन । 

भौगोलिक रूपमा विकट एक गाउँबाट अर्को गाउँ जान घण्टौं हिँड्नुपर्ने बाध्यता छ । दुई÷तीन वटा टोलीलाई सबै ठाउँ पुग्नै हम्मेहम्मे भएको छ । औषधि तथा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा रोग नियन्त्रणमा आउन नसकेको डा मल्लले बताउनुभयो । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x