राजीनामाको तयारीमा माओवादी मन्त्रीहरु, किन सरकार छाड्न लागे ?

पुस २७, २०७४

काठमाडौं, २७ पुस– नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । 

माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोसिदिएका थिए । एमालेसँग तालमेल गरेर चुनाव लडेपनि माओवादी मन्त्रीहरु विनाविभागिय हैसियतमा सरकारका बसिरहेका छन् । 

जिम्मेवारी खोसिएसँगै राजीनामा गर्ने तयारी गरेका माओवादी मन्त्रीहरु सरकारले चुनाव सार्ने चलखेल गरेको भन्दै राजीनामा नगरी बसेका थिए ।

विनाविभागिय मन्त्री टेकबहादुर बस्नेतले सरकार छाड्न लागेको पुष्टि गरे । ‘सकभर आज साँझ सम्म नभए भोलि विहान सम्ममा सरकार छाड्छौ’ मन्त्री बस्नेतले लोकान्तरसँग भने । 
प्रदेश प्रमुख नियुक्त गर्न मन्त्रिपरिषद् बैठक शुक्रवार बस्दैछ ।

माओवादी मन्त्रीहरुले त्यस अगावै सरकार छाड्ने तयारी गरेका हुन् । 

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृष्णबहादुर महराको नेतृत्वमा ८ मन्त्री सहभागि छन् । 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस