नयाँ भूमिकामा देखिदै नम्रता

पुस २७, २०७४

अभिनेत्री नम्रता श्रेष्ठ पुनः पर्दामा कमब्याक तयारीमा छन् । पछिल्ला सिनेमा लगातार असफल भएपछि यसलाई सफल तुल्याउनुपर्ने चुनौति पनि उनीसामु छ । 

उनले अभिनय गर्न लागेको नयाँ सिनेमा जाइरा हो । जहाँ उनलाई एक महिला बक्सिङ खेलाडीको रुपमा देख्न सकिन्छ । यो स्पोर्ट्स जानराको फिल्म हो वा होइन, स्वतन्त्र पुष्टि भैसकेको छैन । नम्रताले समेत यसबारे खुलाएकी छैनन् । 


उनले फिल्ममा अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स गर्ने जनाइएको छ । प्रायः फिल्ममा भिलेनको रोलमा देखिँदै आएका अनुप यसमा पजेटिभ पात्रमा देखिने अड्कल काटिएको छ । 

डेब्यु निर्देशक आशुतोष श्रेष्ठले निर्देशन गर्ने सिनेमाको पात्र तयारीका लागि अहिले नम्रताले जिम र बक्सिङ सिकिरहेकी छन् । उनको अघिल्लो फिल्म होमवर्क फ्लप रह्यो । उनले निर्माण गरेको पहिलो फिल्म सोल सिस्टर समेत असफल रह्यो । 
 

पुस २७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस